site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रतनको बयान -  प्रचण्डका कुरा चित्त बुझेनन् जुत्ता हान्दिएँ 
Sarbottam CementSarbottam Cement

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवाले प्रचण्डले जनयुद्धका समयमा गरेका कुरा र अहिले कुरामा भिन्‍नता आएपछि जुत्ता प्रहार गरेको बयान दिएका छन्

महानगरी प्रहरी वृत सिंहदरबारमा रहेका रतनको बयान उदृत गर्दै एक प्रहरी अधिकारीले बाह्रखरीसँग भने, "जनयुद्धमा प्रचण्डले देखाएका सपना बिर्सिए । त्यतिबेला बोलेका कुराहरु अहिले पूरा गर्न सकेनन् । कार्यक्रममा प्रचण्डले आदर्शवादी कुरा गर्दा मलाई चित्त बुझेन । त्यसपछि जुत्ता हान्दिएँ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

जुम्ला स्थायी घर भएका २२ वर्षीय तिरुवाका बुबा मुन तिरुवा माओवादी युद्धमा तत्कालीन राज्य पक्षबाट मारिएका थिए । उनका कान्छा बुबा रबिकिरिण तिरुवा हाल नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी 'विप्लव समूह' का जुम्ला जिल्ला इन्चार्ज रहेको खुलेको छ । 

तत्कालीन नेकपा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा उपस्थित प्रचण्डमाथि आइतबार जुत्ता प्रहार भएको हो । 

Global Ime bank

उनलाई तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 

यसअघि पनि तत्कालीन माओवादीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डमाथि एकजनाले झापड हानेका थिए । 

थप, 

यसअघि कुन-कुन नेतामाथि भएको थियो प्रहार ?

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन, जसले जनयुद्धमा बुबा गुमाएका थिए

 प्रचण्डलाई जुत्ता हान्‍ने जुम्लाका रतन तिरुवा पक्राउ 

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एकजना पक्राउ

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement