site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको श्वेतपत्रमा जनार्दनको आपत्ति, मन्त्री नै नभएको मेरो नाम किन जोडियो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले आफूले नगरेको निर्णयमा नाम जोडेर प्रचार गरिएको भन्दै सरकारसँग जवाफ मागेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल ट्रस्टको जग्गा हिनामिनामा आफू गृहमन्त्री हुँदा निर्णय भएको आशय लाग्ने गरी श्वेतपत्रमा नाम उल्लेख भएको भन्दै आपत्ति जनाए । 

सरकारले फागुन १३ गते जारी गरेको श्वेतपत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा भनी उल्लेख गरिएको भन्दै शर्माले सो मितिमा आफू गृहमन्त्रीबाट हटिसकेको बताए ।

“०७४ कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम जोडिएको छ । थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा भनिएको छ । असोज ३० गते गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । त्यही दिनबिना विभागीय मन्त्री भएको हुँ ।

कर्मचारीले संलग्न छैनभन्दा भन्दै किन नाम लेखियो ? यो अश्वेतपत्र किन लेखियो होला ?” शर्माले भने “म गृहमन्त्री नै छैन । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ? विश्वासको संकट प¥यो । यसको जवाफ चाहिन्छ मलाई । रक्षामन्त्री, प्रधानमन्त्रीबाट जवाफ चाहन्छु ।”

उनले श्वेतपत्रमा भएको कुरा जस्ताको तस्तै आउने भन्दै सरकारले श्वेतपत्र भन्दै जारी गरेको अश्वेतपत्र भएको बताए । आफूले राज्यव्यवस्था समितिमा संविधानको भावनाभन्दा बाहिर विधेयक आउँदा संशोधनका लागि लाग्ने गरेको र सरकार दलालहरूको घेराबाट बच्नुपर्छ भन्ने गरेकाले सोही कारण सरकारले तर्साउन खोजेको हो कि भन्ने आशंका व्यक्त गरे ।

“मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजिएको हो ? म कहिल्यै आत्मसमर्पण गर्दिन र तर्सिन पनि तर्सिँन्न । सरकारले मलाई त ढाँट्न सक्ला, ठग्न सक्ला । जनतालाई ठग्न सक्छ ?”  शर्माले भने । 

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र आफू गृहमन्त्री रहेका बेला निर्णय भएको भन्दै प्रचारबाजी भएकोमा पनि असन्तुष्टि जनाए । समाचार आएपछि आफू नेपाल ट्रस्टको कार्यालयमा गएको र सो निर्णय भएको भनिएको माइन्युट हेर्न निवेदन दिए पनि नपाएको गुनासो गरे ।

उनले आफू गृहमन्त्री हुँदाका गृहसचिवलाई र ट्रस्टका कर्मचारीलाई आफ्नोपालामा भएको निर्णय हो त भनेर सोध्दा उनीहरूले होइन भनेको पनि बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro