site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य जटिल बन्दै गएपछि अनशन तोड्न वडाअध्यक्षलाई आग्रह 

चितवन । ६ दिनदेखि आमरण अनशन बस्दै आएका माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य जटिल बन्दै गएपछि चितवनका नौ राजनीतिक दलले अनशन तोड्न आग्रह गरेका छन् ।

नेकपा, नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, साझा पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय नागरिक पार्टीले पौडेलका सम्पूर्ण मागहरूप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब पूरा गर्न माग गरेका छन् । उनको शनिबारदेखि नै उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र हाल भरतपुर अस्पतालमा आईसीयु कक्षमा उपचारार्थ रहेका पौडेललाई अनशन तोड्न आग्रह गरेका हुन् ।

माडी क्षेत्रका विभिन्न समस्या समाधानको माग गर्दै माडी नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष पौडेल गत फागुन ७ गतेदेखि अनशनमा छन् ।

पौडेलको जीवन रक्षाका लागि पार्टीहरू सरकारसँग माग पनि गरेका छन् । पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro