site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सनत रेग्मी र महेश प्रसाईंलाई सम्मान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लघुकथा समाजले नेपाली आख्यान लेखनमा समर्पित दुई स्रष्टालाई विशेष सम्मान गरेको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा समाजले आख्यानकार सनत रेग्मीलाई १५ हजार नगदसहित सावित्री–केशर कथा सम्मान–२०७६ द्वारा सम्मान गरेको छ ।

सोही अवसरमा कवि तथा कथाकार महेश प्रसाईलाई बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७६, नगद १५ हजार रुपैयाँसहित प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेले लघुकथाको इतिहास खोतल्दै पहिलोपटक तीन जनाले लेखेको नेपाली भाषाको छोटा कथा उदय पत्रिकामा छापिएको बताए ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, सनत रेग्मी, महेश प्रसाई, म्यानमारबाट आएका साहित्यकार ज्ञानबहादुर थापा बगाले, पुष्करराज भट्ट, तुलसीहरि कोइरालालगायतले आफ्नो मन्तव्य व्यक्त गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय