site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माडीको विकास र निकासका लागि वडाध्यक्ष अनशनमा 
SkywellSkywell

चितवन । स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी पार्टीबाट माडी नगरपालिकामा विजयी बनेका मेयर ठाकुर प्रसादका मुद्दा र वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका मुद्दा समान थिए । माडीको विकास र निकासका लागि आफू पनि अनशन बस्न तयार रहेको बचन दिएका मेयरले पटक पटक समय सार्दै गएपछि पौडेलले अनशन बस्ने निधो गरे ।

सात सूत्रीय माग पूरा गराउन वडाध्यक्ष पौडेल फागुन ७ गते राति ८ बजेदेखि आमरण अनशनमा बसे । मागमा सहमत भएर अनशन बस्न तयार भएका मेयर ढकाल यतिबेला नेता भेट्न भेट्न काठमाडौं गएका छन् । हालसम्म पनि ढकाल अनशन स्थलमा नआएको र सम्पर्कसमेत नगरेको भन्दै माडीबासी आक्रोशित भएका छन् ।

आमरण अनशन पाँचौं दिनमा छ । राष्ट्रिय निकुञ्जसम्बन्धी २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकार सहितको संरक्षण (जनपक्षीय) का लागि पुनः संशोधित हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव वन्यजन्तु निवारणका लागि ठोस रूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनु पर्ने साथै उत्तरी सिमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्ति व्यवस्थापन हुनुपर्ने माग रहेका छन् । 

KFC Island Ad
NIC Asia

यस्तै कसरादेखि वनकट्टा साथै बगहीँदेखि बाँदरझुलासम्मको बाटो पूर्ण रूपमा स्तरोन्नति गरी चौबीसै घण्टा आवातजावत हुनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबका रूपमा विकास गर्न विशेष योजना हुनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्ण रूपमा स्थानीय निकायको अधिकार हुनुपर्ने लगायतका माग राखेर अहिले पौडेल एक्लै आमरण अनशनमा छन् ।

अध्यक्ष पौडेलले मेयरले अनशनमा साथ नदिए पनि आफ्नो पक्षमा माडीबासीले ऐक्यबद्धता जनाएको बताए । ‘मेयरले यस्तोबेला साथ दिनुको सट्टा काठामाडौंमा नेता भेट्न जानुभएको छ,’’ उनले भने, ‘‘मेयरको साथ नभए पनि माडीबासीको साथ पाएको छु ।’ माग सम्बोधन नभएसम्म आफूले अनशनलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाएका छन् ।

Royal Enfield Island Ad

२०२९ सालको निकुञ्ज ऐन संशोधन नभएसम्म माडीको विकास नहुनेभन्दै उनले नेता र सरकारले पटकपटक आश्वासन दिएर झुक्काएपछि अन्तिम विकल्प आमरण अनशन भएको बताए ।

स्थानीय देवी परियारले आफू बिरामी भएर पनि माडीबासीका लागि वडा अध्यक्षले गर्नुभएको आमरण अनशनलाई सबैले साथ दिनुपर्ने धारण राखिन् । ‘अनशन छोडेर मेयरसाब नेताको दैलोमा जानुभएको छ,’’ उनले भनिन्, ‘‘तर हामीले उहांँलाई साथ दिएका छौं ।’’

स्थानीय अर्की स्थानीय महिला आफू वर्षौंदेखि जंगली जनाबरबाट त्रसित हुनुपरेको, रातको समयमा उपचारका लागि सदरमुकाम भरतपुर जान निकुञ्ज बाधक बनेकाले राज्यलाई दबाब दिन गरिएको आमरण अनशनको समर्थन गर्नुपर्ने बताइन् ।

‘‘जनावरको जति महत्त्व छ, राज्यले जनतालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ,’’ उनले भनिन् । अर्का स्थानीय सूर्य अधिकारीले पौडेलको अनशनलाई साथ दिन आइतबार बगौडादेखि बगई बजारसम्म मोटरसाइकल ¥याली, निकुञ्ज अन्तर्गतका रहेका मध्यवर्ती उपभोक्ता समूह कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम राखिएको बताए ।

त्यस क्रममा बोल्दै नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अनशनलाई साथ नदिई मेयर काठमाडौं जानु दुखद् विषय भएको बताए । माडीबासीको हक र हितका लागि राजनीतिक रंग मिसिएको भन्दै उनले रोश प्रकट गरे । माडीबासीको मागका विषयमा नेपाली कांँग्रेसको पूर्ण समर्थन रहेको उनको भनाइ छ ।

तर ८ जनाको टोलीसहित फागुन ९ गते काठमाडौं गएका मेयर ढकाल आफूहरूबीच र नगरपालिकाको बैठकमा समेत वडाअध्यक्षले केही कुरा नराखी एक्कासि आमरण अनशन बसेको बताउंँछन् । ‘आमरण अनशन भनेको अन्तिम विकल्प हो,’’ उनले भने, ‘‘मैले पार्टीका नेताहरूले तपाईं अहिले रोक्नुस् भनेर म काठमाडौं आएको छु ।’’

उनका अनुसार आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंँगको भेटमा समस्या समाधान गर्ने बचनबद्धता आएको छ । भोलि सोमबार प्रधानमन्त्रीसंँग यस विषयमा थप छलफल हुनेछ ।

अहिले निकुञ्जको बाटो राति १० बजे बन्द हुँदै आएको र २४ सैघण्टा बाटो सुचारु हुने विषय, रिउ करिडोरको बजेट व्यवस्थापन र बादरझुलाका बासिन्दालाई अर्को व्यवस्था नभएसम्मका लागि सोही ठाउंँमा राख्नुपर्ने विषय तत्काल समाधान गर्नसकिने मेयर ढकालको भनाइ छ ।

उनले यसअघि माघ १६ गते आफैं आमरण अनशन बस्ने भन्दै  फागुन ७ गतेलाई अनशनको समय सारेका थिए । नेकपाका अध्यक्ष द्वयले बोलाएको भन्दै उनी केही दिन देखि काठमाडौंमा छन् । पौडेल माडी नगरपालिकामा नेपाली कांग्रेसबाट विजयी हुने एकमात्र वडाध्यक्ष हुन् ।

पौडेलको स्वास्थ्य अवस्था नाजुक 

पांँच दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिकाका वडा अध्यक्षको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । बघौडा अस्पताल र भरतपुरको सेन्ट्रल अस्पतालका स्वास्थ्यकर्मीको समूहले शनिबार साँझ उनको स्वास्थ्य परीक्षण गरेको थियो ।

पौडेलको रगतमा अक्सिजनको कमी, शरीरमा नुन, ग्लुकोज, भिटामिन र पानीको कमी देखिएको बघौडा अस्पतालका मेडिकल अफिसर डा.शशि टन्डनले जानकारी दिए । पौडेललाई साँझबाट स्लाइन चढाइएको छ । अनशनरत पौडेल बिगतबाटै मधुमेहका बिरामी थिए । अनशनपछि उनको शरीरमा सुगरको मात्रा पनि बढ्न थालेको छ ।

उनको स्वास्थ्य अवस्था नाजुक भएपछि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी सहितको टोली आइतबार अनशनस्थल पुगेको छ । स्वास्थ्य परीक्षणपछि बोल्दै डाक्टर तिवारीले पौडेलको अवस्था थप कमजोर बन्दै गएको र जुनसुकै बेला आईसीयुमा भर्ना गर्नुपर्ने  अवस्था सिर्जना हुने बताए । 

कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले माडी हकहितका लागि ७ सुत्रीय माग राख्दै आमरण अनशनमा बसेका वडाध्यक्ष पौडलेको जीवन रक्षाको माग राख्दै विज्ञप्ति जारी गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जीवन रक्षाको माग गरेका हुन् ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा ‘माडी बासीका पीरमर्काप्रति एक्यबद्धता जनाउँदै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न तथा अनशनरत व्यक्तिहरूको जीवन रक्षार्थ यथाशीघ्र पहलका लागि सम्बन्धित निकाय र सरकारको ध्नायाकर्षण गराउँदछ’ भनिएको छ ।

प्रमुख सचेतक खाँडद्वारा जारी विज्ञप्तिमा ‘आमरण अनसनको चौथो दिन बितिसक्दा पनि स्थानीय र संघीय सरकारले चासो नदेखाउनु र उदासीन हुनु दुःखद पक्ष हो’ भनिएको छ ।

विज्ञप्तिमा आमरण अनशनमा बसेका पौडेलको अनशन अन्त्य गरी उनको जीवन रक्षा गर्न सम्बद्ध पक्षसँग माग गरिएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पनि अनशनरत पौडेलको जीवन रक्षा गर्न माग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले पौडेलको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro