site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चार मन्त्रालयलाई लेखा समितिको पत्र : सेक्युरिटी प्रेस स्थापनाको प्रक्रिया अघि नबढाउनू

काठमाडौं । सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस स्थापनाको कार्य अघि नबढाउन निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बिहीबार पत्र पठाउँदै समितिले सेक्युरिटी प्रेस स्थापनाको थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो । 

नेपाल सरकारले स्थापना गर्न लागेको सेक्युरिटी प्रेसको सम्बन्धमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको भन्दै थप प्रक्रिया अघि नबढाउन समितिले भनेको छ । समितिको बैठकले अर्को निर्णय नहुँदासम्म थप प्रक्रिया अघि नबढाउनका लागि  निर्देशन दिने निर्णयअनुसार मन्त्रालयलाई पत्र पठाइसकिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । 

समितिको बैठकमा सांसदहरुले सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा ठूलो अनियमितता भएको भन्दै छानबिन गर्नुपर्ने माग राखेका थिए । सोही विषयमा सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएको भन्दै सांसदहरुले समिति सभापति भरत शाहको ध्यानाकर्षण गराएका थिए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बास्कोटालाई बर्खास्तको माग गर्दै राष्ट्रियसभा बैठक समेत अवरुद्ध गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro