site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध, प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बिहीबार बसेको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बास्काटोको विवादास्पद अडियो सार्वजनिक भएको भन्दै बर्खास्तीको माग गरेका हुन् । 

७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको भन्दै उनले सरकारको प्रवक्तासमेत रहेको र प्रधानमन्त्री केपी ओली निकटस्थसमेत रहेको मन्त्रीले सीधै कमिसनको कुरा गर्नु आपत्तिजनक भन्दै भर्त्सना गरे ।

उनले अविलम्ब सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग गरे । निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न नसक्ने देवले बताए ।
सेक्युरिटी प्रेस खरिदका लागि सूचना तथा सञ्चारमन्त्री  बास्कोटाले ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको थियो ।  ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro