site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराको बयान–म त्यो दिन तीनकुने गएकै थिइन

काठमाडौं । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले आफू उक्त दिन तीनकुने नगएको बयान दिएका छन् ।

जिल्ला अदालत काठमाडौंले उनलाई सोमबार सफाइ दिएको हो ।

अदालतको फैसलामा निवेदक कर्मचारी र महराले दिएको बयान एउटै भएकाले निर्दोष ठहर गरिएको उल्लेख गरिएको बताइएको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महराको इन्कारी बयान र निवेदकको बयान पनि मिल्न आएको कुरालाई पनि फैसलामा उल्लेख गरिएको बताए ।

“म त्यो दिन तीनकुनेस्थित कोठामा जाँदै गएको थिइनँ, र निवेकलाई पनि कुटपिट गरेको होइन भन्ने महराको बयान छ,” अदालत स्रोतले भन्यो,“निवेदकको बयान पनि महरा कोठामा नआएको र कुटपिट नगरेको भन्नेनै रहेको छ ।”

चश्माको खोल र जुत्ता पनि महराकै हो भन्ने पुष्टि नभएको फैसलामा उल्लेख गरिएको स्रोतले जानकारी दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro