site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वसभामुख महराको मुद्दा फैसला भोलि 

काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला भोलि (सोमबार) हुने भएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । 

गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । दुवै पक्षको बहस सुनेपछि न्यायाधीश पौडेलले फैसला सुनाएका हुन् । 

गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । त्यस्तो आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनी सोही कारागारमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro