site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मान्छेको जात
Sarbottam CementSarbottam Cement

मान्छेको जात

तिमी विज्ञानको विद्यार्थी
कारण र परिणामलाई विश्वास गर्ने
सजीव र निर्जीवको व्याख्या गर्ने
वनस्पति र प्राणीको वर्गीकरण गर्ने 
के मान्छेको जस्तै वनस्पतिको जात पनि
ठूलो र सानो हुन्छ ?
कुनै बेला
कुनै सामन्तिले मान्छेलाई 
जातमा वर्गीकरण गर्दै
ठूलो र सानो भनिदिँदैमा
केले नापेर प्रमाणित गर्छौ तिमी ?
कसैले भनेकै भरमा कोही ठूलो, कोही सानो हुन्छ ?
सामन्ति संस्कारले बनाएका नियमहरु लागू गर्न
तथाकथित ठूला जातका पाखण्डीहरु
निर्लज्ज उखान लगाउँछन् 
‘बाहुनको बोली चोखो’
पाइतालाका धूलो पनि बिटुला भनिएकालाई
आफ्नो स्वार्थ पूरा गर्न
थुकले भिजाईभिजाई सिएको दौरा
ठाँटले लगाउन
फेरि उस्तै उखान लगाउँछन् 
‘दमाईको थुक चोखो’
भन त तिमी आफैं
मान्छे ठूलो र सानो केले नाप्ने ?

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०

लेक जर्जमा एक साँझ

Global Ime bank

हरियो डाँडाको काखमा
जूनसँग लुकामारी खेल्दै
शान्त सुन्दरी दुलहीजस्तै
मुस्कुराइरह्यौ
चिसो हावाले तिमीलाई घरीघरी जिस्क्याइरह्यो
तिमीले लजालु हाँसो हाँसिरह्यौ
तिमीलाई हेर्दै
मन्त्रमुग्ध पाहुनाहरु
क्रुजमा सयर गर्दै
तिम्रो सौन्दर्यमा मदहोस भइरहे
तिम्रो आतीथ्यमा
म पानीपानी भइरहेँ ।
तिम्रो स्पर्शमा
रोमाञ्चित भइरहेँ 
तिम्रो मुस्कानसँग छोराको अगाध प्रेम मिसिएर
त्यो साँझ रङ्गीन बनिरह्यो 
परेलीहरु भिजेका छन
खुसीले मन छचल्किरहेको छ
मलाई मेरो फेवा सम्झाइरह्यौ
मलाई मेरो रारा सम्झाइरह्यौ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय