राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।
बैठक शुक्रबार बिहान ११ः४५ बजे बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठक नयाँबानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्नेछ ।
शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्दै छ । त्यसअघि बजेट अधिवेशन, संसद्मा देखापरेको अवरोधलगायतका विषयमा छलफल गर्न लागिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १०:५२
प्रतिक्रिया दिनुहोस्