site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । गत मंगलबार दायर भएको रिट बिहीबार मनोजुकमार शर्माको इजलासमा परेको थियो । तर, पूर्वन्यायाधीशको निधनले सबै इजलासमा सुनुवाइ रोकिएपछि रिटमाथिको सुनुवाई शुक्रबारलाई सरेको हो ।

सभामुखसमेतको संलग्नतामा बहुमत देखाएर नियुक्ति लिइएका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चले ६० मा सभामुखलाई अलग गर्दा ३० मत नै बहुमत हुने भन्दै खारेज गरिदिएको थियो । रिट खारेज भएको त्यही फैसला देखाएर गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिदिएका थिए । त्यस विरुद्ध पुनः नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गत मंगलबार रिट दायर गरेका हुन् । 

संविधान र गणितको अन्तर्राष्ट्रिय नियम नै बदल्ने गरी सभामुखद्वारा गरिएको घोषणा बदर गरी आफूलाई संविधानको धारा १६८(३)को मुख्यमन्त्री नियुक्तिको आदेश दिन पाण्डेले रिटमार्फत् माग गरेका छन् ।

पाण्डेले रिटमा गण्डकीका प्रदेश प्रमुख डिल्लिराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro