site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल स्माइल्सको प्रथम स्थान प्राप्त फोटो अयोग्य घोषित
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समयअघि फोटो पत्रकार क्लबद्वारा ‘नेपाल स्माइल्स’ शीर्षकमा आयोजना गरिएको फोटो प्रतियोगितामा सुरज श्रेष्ठको तस्बिरले प्रथम स्थान हासिल गरेको थियो । एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्कृष्ट घोषणा र पुरस्कार वितरण कार्यक्रम पनि राखिएको थियो ।

प्रतियोगिता नियमको बुँदा  नम्बर १४ मा ‘भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बिरको फ्रेमभित्र कुनै विशेष कुरा थप्न वा हटाउन प्रतिबन्ध गरिएको उल्लेख’ भए पनि उक्त फोटोमा ती कुरा लागु भएकाले फोटो पत्रकार क्लबको केन्द्रीय समितिले उक्त तस्बिरलाई अयोग्य घोषणा गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अयोग्य ठहर गरिएसँगै बिजेताले प्राप्त गरेको ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार पनि क्लबले फिर्ता लिने निर्णय गर्दै नियम विपरीतको तस्बिर समावेश गरेका श्रेष्ठलाई  नेपाल फोटो प्रतियोगिताको आगामी ३ संस्करणसम्म सहभागिता जनाउन  नपाउने निर्णय पनि गरेको छ । यसका साथै नेपाल फोटो प्रतियोगिता २०७६ को नेपाल स्माइल्स विधाको विजेतामा संशोधन गरिएको पनि आयोजक टिमले जानकारी गराएको छ ।

उक्त विधामा नेपाल फोटो प्रतियोगिता २०७६ का निर्णायकहरूले  छनोट गरी दोस्रो भएका सुलभभक्त श्रेष्ठ, तेस्रो भएका नभेष चित्रकार र चौथो भएका सुशीलकुमार श्रेष्ठको फोटोलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको छ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय