site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘विश्वले हेर्न चाहेको विषय नेपाली फिल्ममा भए नेटफ्लिक्स र अमेजनले चासो लिन्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैकल्पिक फिल्म बजारको खोजीमा रहेका नेपाली फिल्ममेकरका आँखा यतिबेला नेटफ्लिक्स र अमेजन प्राइममा छन् । तर, त्यहाँसम्म कसरी पुग्ने ? नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को अवसरमा नेपाल आएका अन्तर्राष्ट्रिय फिल्ममेकरले नेपाली फिल्ममेकरले विश्वलाई रोचक लाग्ने कथा भन्न सके, नेपाली फिल्मले पनि ति प्लेटफर्ममा स्थान पाउने बताएका छन् । 

शुक्रबार काठमाडौंमा भएको छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् । हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरको रुपमा काम गरेका किरणभक्त जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफले आआफ्नो धारणा राखेका थिए । 

ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन : फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । डेमियन डि फ्रोबिल भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् । जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

छलफलको सुरुवात ‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकबाट गरिएको थियो । सो विषयमा धारणा राख्दै सबै विदेशी फिल्मकर्मीले स्ट्रिमिङ साइटलाई ज्यादाभन्दा ज्यादा फिल्मको आवश्यकता रहेको बताउँदै लोकल कथामा ग्लोबल दर्शकलाई रिझाउने कथा बनाउन सके नेपालले पनि स्ट्रिमिङ साइटमा स्थान पाउने धारणा राखेका आयोजक संस्था निफले नारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

“बजारभन्दा विषय ठूलो हो,” छलफलमा डेमियनले भने, “यदि तपाईंसँग विश्वले हेर्न चाहिरहेको विषय छ भने तपाईंहरुको फिल्ममा पनि नेटफ्लिक्स वा अमेजनले चासो लिन्छ । बस, उनीहरुले तोकेको क्वालिटी पुगेको हुनुपर्यो ।” डेमियनको तर्कमा सही थाप्दै ज्याक स्टेन्जले नेपाल भौगोलिक रुपमा र साँस्कृतिक रुपमा सुन्दर रहेकाले नेपाली फिल्ममेकरले यिनै कथा भन्न बल गर्नु पर्ने बताए ।

Global Ime bank

“विश्वमा नेपालीको पहिचान गोर्खालीको रुपमा छ । विश्व सिनेमामा नेपालीको यो कथामा धेरैलाई रुचि हुन सक्छ,” ज्याकले भने, “वा नेपालको शेर्पाले अमेरिकाको हिमाल चढ्न गरेको संघर्ष पनि धेरैका लागि चखिलो हुनसक्छ । विश्व सिनेमालाई लोभ्याउन नेपालले यस्ता विषयमा पनि फिल्म बनाउन सक्छ ।”

उनीहरूले अहिले सक्रिय रहेका स्ट्रिमिङ साइटको प्राथमिकता राम्रा फिल्म रहेकाले नेपालले पनि राम्रो फिल्म बनाएको छ भने त्यहाँ स्थान पाउने तर्क गरेका थिए । तर, उनीहरुको सुझाव थियो, “तपाईंलाई आफ्नो कथामा विश्वास छ भने उनीहरु आउने बाटो नकुर्नुस् । उनीहरुको ढोका ढकढक्याउन जानुस् ।”

यही छलफलको दोस्रो सेसनमा भने ज्याक स्टेन्जले अमेरिकामा प्रचलचित एक्सन फिल्म लेख्ने शैलीका बारेमा दुई घन्टा आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अन्तिम सेसनमा भने फेरि चारै जना सहभागीले स्थानीय कथा विश्वमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । 

बिहीबार सुरु भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभा गृहमा भने फिचर फिल्म प्रदर्शन गरिएको थियो । त्यसैगरि पर्यटन बोर्डको हलमा सर्ट फिल्म प्रदर्शन गरिएको थियो । 

शनिबार फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लासको कार्यतालिका रहेको छ । शनिबार साढे ३ बजे निर्देशक झाले फिल्म निर्देशनसम्बन्धी दुई घन्टाको क्लास दिनेछन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय