site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना भाइरसबाट हजारभन्दा बढीको मृत्यु भएपछि चिनियाँ उच्च अधिकारीहरुलाई जिम्मेवारीबाट हटाइयो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बेइजिङ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी भएपछि उच्च अधिकारिहरुलाई जिम्मवारीबाट हटाइएको छ । 

हुबेइ हेल्थ कमिसनका पार्टी सेक्रेटरी र कमिसन प्रमुखलाई जिम्मेवारीबाट हटाइएको हो । अहिलेसम्म जिम्मवारीहरुबाट हटाइएकाहरुमा उनीहरु वरिष्ठ उच्च अधिकारी हुन् । 

त्यसैगरी स्थानीय रेड क्रसका उपनिर्देशकलाई पनि डोनेसन प्रदान गर्ने कार्यमा कमजोरी गरेको भन्दै जिम्मवारीबाट हटाइएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दुईजना चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरुको सट्टामा पनि चिनको राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक वाङ हिसाङलाई नियुक्त गरिने भएको छ । 

सोमबार मात्रै कोरोनाका कारण १०३ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी संक्रमित भएका थिए । अहिले कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार १६ पुगेको बीबीसीले जनाएको छ । 

Royal Enfield Island Ad

बीबीसीका अनुसार पहिले भन्दा दैनिक संक्रमितको हुने संख्या भने घट्दो छ । सुरुका दिनमा दैनिक ३ हजार संक्रमित हुने गर्थे भने अहिले उक्त तथ्यांक दुई हजारमा झरेको छ । 

चिनियाँ सञ्‍चारमाध्यमका अनुसार जिम्मेवारीबाट सयौं अधिकारीहरुलाई निकालिएको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको र हुबेइ र अन्य प्रान्तमा समेत चेतावनी दिइएको छ । 

तर, जिम्मवारीबाट निकालेको विषयलाई निन्दाको रुपमा लिइएको छ । यसको अर्थ उनीहरुलाई जिम्मवारीबाट सदाका लागि निकालिएको नभई घटुवा गरिएको रुपमा बुझ्‍न सकिने बताइएको छ । 

जिम्मेवारीबाट हटाइएका अधिकारीहरुलाई चिनियाँ कम्युनिस्ट पार्टीले पनि सजाय दिनसक्ने बताइएको छ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro