site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ओस्करमा सहभागी हुन अभिनेत्री केट ब्लान्सेटले खर्चेकी थिइन १ अर्ब २९ करोड डलर
Sarbottam CementSarbottam Cement

हलिउड चलचित्रको सर्वाधिक ठूलो र संसारकै लागि प्रतिष्ठित ओस्कर अवार्ड यही ९ फेब्रअरीमा आयोजना हुँदैछ । ओस्करको ९२ औं संस्करण हरेक वर्षजस्तै लस एन्जलसमा आयोजना गरिनेछ । यसमा संसारभरिका फिल्मकर्मीको चासोको रहन्छ । यो अवार्डका ६ रोचक तथ्य यस्ता छन् ।

टिकट मूल्य ५ डलर


ओस्कर अवार्डको सुरुवात सन् १९२९ मा पहिलोपटक भएको थियो । अवार्डको पहिलो संस्करणको टिकटको मूल्य मात्रै ५ डलर तोकिएको थियो । अहिलेको परिप्रेक्ष्यमा यो रकम कम लागे पनि त्यो समयमा ५ डलर ठूलो थियो । अवार्डको पहिलो संस्करणमा जम्मा २७० जना उपस्थित थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ओस्करमा आउने सेलिब्रेटीहरूको खर्च


विश्वभरिबाट चासो राख्ने यो भव्य लागतमा आयोजना हुने अवार्डमा आउने सेलिब्रेटीहरूको खर्च पनि भव्य नै हुने गर्छ । अवार्डमा उपस्थितिका लागि उनीहरू आफूलाई तयार गर्न कम्तीमा अमेरिकी एक करोड खर्च गर्छन् ।

Global Ime bank

यस वर्षको अवार्डको खर्च 


हरेक वर्ष भारी रकम खर्च गरेर आयोजना गरिने ओस्करमा यो पटक अझै भव्य बनाउने तयारी रहेको छ । ९२ औं ओस्कर अवार्डका लागि जम्मा ४ करोड ४० लाख डलर खर्च गरिने बताइएको छ । यो लागत रकमबाट पनि अनुमान लगाउन सकिन्छ कि कति भव्यरूपमा अर्वाडको आयोजना हुँदैछ भनेर ।

यसरी तयार हुन्छ रेड कार्पेट 


ओस्करको विशेषतामध्ये एक हो रेड कार्पेट, उपस्थित सेलिब्रेटीहरू रेडकार्पेट हुँदै भित्र प्रवेश गर्छन् । विश्वभरिका सेलिब्रेटीको उपस्थिति जनाउने रेड कार्पेट बनाउन २८ जना व्यक्तिलाई ९०० घन्टा अर्थात् कम्तीमा ३७ दिन लाग्ने गर्छ । उक्त रेड कार्पेटको मूल्य १८ लाख पर्छ ।

अभिनेत्रीहरूको पहिरनको मूल्य


ओस्करमा सहभागी हुने अभिनेत्रीहरूले मेकअप र पहिरनका लागि कम्तीमा ७० करोड खर्चिन्छन् । २०१४ सालमा अभिनेत्री केट ब्लान्सेटले १ अरब २९ करोड मूल्य बराबरको पहिरन लगाएकी थिइन् ।

लस एन्जलसलाई ७ अर्बको फाइदा


हरेक वर्ष ओस्कर अवार्डको आयोजनासँगै लस एन्जलसको अर्थव्यवस्थामा ठूलो टेवा पुग्ने गर्छ । ओस्कर अवार्डका कारण हरेक वर्ष लस एन्जलसमा ७ अर्ब बराबरको आर्थिक फाइदा हुने बताइएको छ ।
(नवभारत टाइम्स)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय