site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रुसी सांस्कृतिक केन्द्रमा बाल नाटक महोत्सव
Sarbottam CementSarbottam Cement

काठमाडौं । बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ११औं राष्ट्रिय बाल नाटक महोत्सव कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार औपचारिक उद्घाटन गरेर आठदिने महोत्सवको सुरु गरेका थिए । “नेपाललाई समृद्ध बनाउने र राष्ट्रको प्रतिष्ठा माथि उठाउने दायित्व नयाँ पुस्तामा हस्तान्तरण भइसकेको छ,” मन्त्री भट्टराईले भने । साथै नेपालका सबै मानिसमा सकरात्मक सोचको खाँचो देखिएको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

महोत्सव शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको हो । महोत्सवको आज दोस्रो दिनको आरम्भसँगै मेमोरियल स्कुल कीर्तिपुरले ‘करेसा कन्सर्ट’ नाटक प्रस्तुत गर्‍यो ।

महोत्सवमा बालबालिकाले १७ वटा नाटक देखाउनेछन् । आज ‘करेसा कन्सर्ट’, ‘बेमेल’ र ‘झगडाको बीउ’ मञ्चन हुनेछन् । महोत्सवको पहिलो दिन शैली थिएटरको अप्रतियोगी नाटक ‘सुनौलो माछा’ मञ्चन भएको थियो । ‘सुनौलो माछा’ ले मानिसको लोभ र असन्तुष्टिका कारण हुन सक्ने पतन चित्रण गर्न खोजिएको छ ।

Global Ime bank

शैली नाटकघरका अध्यक्ष नवराज बुढाथोकीले बाल नाटक महोत्सवको नवौं संस्करणसम्म रुसी सांस्कृतिक केन्द्र र शैलीले आयोजना गरेको बताउँदै १०औं महोत्सवमा इसान र ११औं महोत्सवमा नाट्य प्रतिष्ठान थपिन पुगेको बताए । महोत्सवमा नाटकका साथै बालबालिका र नाटकसम्बन्धी छलफल, साहित्यिक कार्यक्रम पनि हुनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय