site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म्याडम तुसादमा दक्षिण भारतीय कलाकारको मैन मूर्ति
Sarbottam CementSarbottam Cement

बलिउड तथा हलिउडका कलाकार, राजनीतिक तथा खेलक्षेत्रदेखि लिएर विश्वका चर्चित व्यक्तित्वको मैनको मूर्तिले भरिएको सिंगापुरको म्याडम तुसादमा अब दक्षिण भारतीय कलाकाको मूर्ति पनि सामेल भएको छ ।

अभिनेत्री काजोल अग्रवालको मैनको मूर्ति राखिएसँगै उनले दक्षिण भारतीय कलाकारको प्रतिनिधित्व गरेकी छन् । बुधबार उनी आफ्नो परिवारसँग मूर्तिको अनावरणका लागि सिंगापुर पुगेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले यो खुसीको कुरा ट्विटरमार्फत् सेयर गरेकी थिइन्, “मलाई याद छ सानो हुँदा म्याडम तुसादमा गएर आफूले सम्मान र माया गर्ने व्यक्तित्वहरूको मूर्ति देखेर मोहित हुने गरेको । उहाँहरूको वीचमा हुन पाउँदा म निकै हर्षित छु । यो अहिलेसम्मकै उत्कृष्ट पराकाष्ठा र नयाँ दशक सुरु गर्ने राम्रो तरिका जस्तो महसुस भइरहेको छ,” उनी थप्छिन्, “त्यो घण्टौंको कडा परिश्रम र व्यक्तिगत त्याग, सबै मूल्यांकन भएको छ । सबैलाई धन्यवाद ।”

पछिल्लो समय काजोल अभिनेता जाने अब्रहामसँग बलिउड चलचित्र ‘सागा’ को छायांकनमा व्यस्त छिन् भने उनले कमल हसनको ‘इन्डियन २’ पनि साइन गरिसकेकी छन् । यसका साथै उनी हलिउड चलचित्रको पनि तयारीमा छन् ।
(द हिन्दुस्तान टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय