site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकी सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मत अवैध भन्दै नेपाली कांग्रेस गएको वैशाख २५ गते सर्वोच्च पुगेको थियो । गएको वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकी प्रदेशसभामा ६० प्रदेशसभा सदस्य छन् र विश्वासको मत पाउनका लागि ३१ सांसदको समर्थन अनिवार्य चाहिन्छ । तर, उनको पक्षमा एमालेका २२, माओवादीका ६, नेपाल समाजवादी पार्टीको एक र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)सहितको ३० मत परेको थियो । कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका थिए भने राप्रपाका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

अधिकारीको पक्षमा परेको ३० मतलाई सभामुख कृष्णप्रसाद धितालले बहुमत रहेको घोषणा गरिदिए । त्यसकैविरुद्ध कांग्रेस सर्वोच्च पुगेको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा यो आदेश आएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय