site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन प्रिमियर लिगमा राप्तीको लगातार दोस्रो जित

चितवन । राप्ती र्‍यापिड्सले सीएमसी चितवन प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो खेलमा सौराहा स्यान्ड्सलाई पराजित गर्दै राप्तीले लगातार दोस्रो जित हात पारेको हो । नारायणगढको क्याम्पाचौरमा सम्पन्न खेलमा राप्तीले सौराहालाई ७ विकेटले पराजित गर्‍यो  ।

सौराहाले दिएको १११ रनको सामान्य लक्ष्य राप्तीले १६।४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्‍यो । राप्तीको जितमा हरिबहादुर चौहानले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए । उनलाई कमल थापाले ३८ रन बनाएर साथ दिए ।

थापाले ३२ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यस्तै लक्की सापकोटाले १४ रन बनाए भने कप्तान आकाश थापा १ रनमा आउट भए । सौराहाका आकाश चन्द, अनुज चनरा र सुवर्ण भट्टले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले खराब सुरुवात गरेको थियो । सौराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन मात्र बनाएको थियो । स्कोर बोर्डमा खाता नै नखोल्दा सौराहाका ओपनर रित गौतम शून्यमै पेभिलियन फर्किए ।

दोस्रो विकेटका लागि राजेश ढकाल र प्रशान्त महतले २३ रनको साझेदारी गरे । प्रशान्त २१ तथा राजेश ७ रनमा आउट भए । कप्तान सन्तोष न्यौपानेले अभिजित ३५ रन बनाए । उनले ५३ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन ।

राप्तीका राम नरेश गिरी र कमल थापाले समान २÷२ विकेट लिए । गिरीले ४ ओभरमा २१ रन खर्चिए भने थापाले ३ ओभरमा २३ रन दिए । खेलको म्यान अफ दि म्याच राप्तीका लागि ५४ रनको अर्धशतकीय पारी खेलेका हरिबहादुर चौहन घोषित भए । 

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा अहिले राइट एन्ड एसोसिएट भरतपुर गुर्खाज र माडी टाइगर्स भिडिरहेका छन् । भरतपुर संघर्ष पौडेल तथा माडी किशोर महतोको कप्तानीमा मैदान उत्रिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro