site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनबाट फर्काइएका नेपालीलाई दुई सातासम्म क्‍वारेन्टाइनमा राखिने 
SkywellSkywell

काठमाडौं । सरकारले चीनको वुहानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी थालेको छ । चीनबाट नेपाल ल्याइने नेपालीहरुलाई दुई सातासम्म क्‍वारेन्टाइन (छुट्टै स्थानमा निगरानीमा) राखिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित तवरले ल्याउने फाराम भर्ने सूचना जारी गरेको र उक्त फाराममा उल्लिखित विवरण भर्नसमेत आग्रह गरेका छन् । 

प्रवक्ता श्रेष्ठले भने, "इबोलाका समयमा इबोला प्रभावित ठाउँबाट ल्याइएका नेपालीलाई ककनीमा क्वारेन्टाइन गरिएको थियो । अहिले पनि कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई कुन ठाउँमा राख्‍ने भनेर स्थान खोजिँदै छ । अहिलेसम्म स्थान भेटिएको छैन । किटहरु खरिद गर्न मन्त्रालय संवेदनशील भएर लागेको छ । अहिले वुहान क्षेत्रमा १७७ नेपाली छन् ।"

KFC Island Ad
NIC Asia

उनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "चीनबाट आउने सबैलाई उताको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने र नेपाल आइपुग्नेलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित ठहरिए उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा रखी उपचार गरिने छ । अन्य यात्रुलाई दुई साता निगरानीका लागि छुट्टै स्थान (क्‍वारेन्टाइन) मा राखिनेछ ।" 

चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीलाई विमान चार्टर गरी ल्याइने सरकारले शनिबार निर्णय गरेको छ । चीनमा रहेको नेपाली दूतावासले पनि सूचना जारी गर्दै सम्पर्कमा रहनसमेत आग्रह गरिसकेको छ । 

Royal Enfield Island Ad

सूचनामा उद्धारका लागि विमान चार्टर गरिएको जानकारी दिइएको थियो । दूतावासले आइतबासम्म फाराम भर्न आग्रह गरेको छ । 

काठमाडौंमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई जहाज तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी गराएका थिए । अहिलेसम्म अन्य देशले पनि विमान चार्टर गरेर आफ्ना नागरिकलाई स्वेदश फिर्ता गरेका छन् । 

चीनको विदेश मन्त्रालयले शनिबार वुहानमा रहेका नेपालीहरु सुरक्षित भएको बताएको थियो । चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको बताएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro