site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा बस र ट्रक ठोक्कियो, एक नाबालकको मृत्यु

चितवन । पूर्वी चितवनको खैरहनीमा बस र ट्रक ठोक्किएका छन् । तीव्र गतिमा रहेको बसले ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनामा एकजना नाबालकको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका वडा नम्बर ३ स्थित तरकारीचोकमा जलेश्वरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं. को बसले सोही दिशाबाट गइरहेको ना ६ ख १५०६ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा एक नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृत्यु हुनेमा महोत्तरी मनोरसा ६ बस्ने गुन्दो मण्डलको ८ महिनाको नाबालक छोरा सत्यम मण्डल रहेको प्रहरीले जनाएको छ ।  ठक्करबाट घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro