site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीमा नेकपा विभाजित : पार्टी संस्थापन पक्षमा, इतर विपक्षमा
SkywellSkywell

काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषयमा विभाजित देखिएको छ । बुधबारबाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा १५ समूह बनाएर छलफल जारी छ । बिहीबार समूहगत रुपमा भएको छलफलमा प्रधानमन्त्री केपी ओलीनिकटले एमसीसीको पक्षमा र पूर्वमाओवादी र माधव नेपालनिकटस्थ भने एमसीसीको विपक्षमा धारणा राखेका हुन् । बुधबार बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए । 

नेकपा स्थायी समिति सदस्य मणि थापाले बैठकमा एमसीसीबारे सरकारले प्रस्ट धारणा राख्नुपर्ने माग उठेको बताए । “ त्यसको निर्णयको अधिकार सचिवालयलाई हुने भनिएको छ । सचिवालयले बोलेको छैन  र यो प्रतिवेदनमा पनि सचिवलायले बोल्यो भनेर आएको छैन,” उनले भने, “धेरै साथीहरुको जोड सरकारले प्रस्ट धारणा राख्नुपर्छ भन्ने छ । एमसीसीको प्रश्न विकास र समृद्धिको पनि हो । तर, त्यो भन्दा राष्ट्रियता हाम्रो लागि मुख्य कुरा हो ।”केन्द्रिय समिति बैठकले के निर्णय गर्छ त्यो मुख्य हुने बताए । स्थायी समितिले सचिवालयलाई एमसीसी इण्डो प्यासिफिकको अंग हो कि होइन निर्क्योल गर्न भनेको उनले जानकारी दिए । इन्डो प्यासिफिकको अंग भए एमसीसी कार्यान्वयन नगर्ने र नभए कार्यान्वयन गर्ने बताए । त्यस्तै उनलेलिम्पियाधुरा, कालापानीलगायतका सीमा विवादको विषय पनि चर्को रुपमा उठेको बताए ।

KFC Island Ad
NIC Asia

नेकपामा माधव नेपालनिकट नेताहरु पनि एमसीसीको विपक्षमा उभिएका छन् । नेपाल निकट नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एमसीसीको भावना नबुझेको आरोप लगाए । “प्रधानमन्त्रीज्यूले एमसीसीको अँध्यारो पाटो नछोइ उज्यालो पाटोको मात्रै चर्चा गर्नुभयो । उहाँले सम्झौताको शब्दमा जानुभयो, भावनामा जानुभएन । हाम्रो समूहले निष्कर्ष त निकालिसकेको छैन तर साझा धारणा यही रहेको छ,” खतिवडाले भने । 

पूर्व एमालेकै नेकपाका अर्का केन्द्रिय सदस्य लालबहादुर थापा भने एमसीसी नेपालको विकास र समृद्धि पारित गर्नुपर्ने पक्षमा छन् । बाजुराबाट निर्वाचित सांसद समेत रहेका थापा अमेरिकाले तय गरेको मापदण्ड पूरा गरेर आएको बताए । एमसीसीको विरोध गर्नेहरुले आग्ह, पुर्वाग्रह राखेको उनको आरोप छ । “ हामी एमसीसी पारित गर्नुपर्ने पक्षमा छौं । सुखी नेपाली समृद्ध नेपाल भनेका छौं । स्रोतहरुलाई रोकेर समृद्धि कसरी आउँछ ?,” उनले भने, “ एसियाली विकास बैंकको पनि अनुदान लिनुभएन नी । अरु संस्थालाई पनि सहयोग नदेऊ भन्ने सामथ्र्य राख्छन् ? विभिन्न,आग्रह,कुण्ठा र कहाँ के मिलेको छैन सरकारसँग मान्छेहरुका । त्यसको एउटा प्रतिफल हो भन्ने मैले बुझ्छु । ” उनले एमसीसीको विरोधमा रहेककाहरुलाई पनि एमसीसीका पक्षमा उभिन आग्रह गरे ।

Royal Enfield Island Ad

बैठकमा समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले फरक फरक मत राखिरहेका छन् । एमसीसीमा ३ थरी मत देखापरेका छन् । पहिलो, अहिले जस्तो छ त्यहीअनुसार एमसीसी पारित गर्नुपर्ने, दोस्रो केही परिमार्जनसहित पारित गर्नुपर्ने र तेस्रो एमसीसीको सहयोग लिनै नहुने मत बैठकमा व्यक्त भइरहेको छ । नेकपा नेता भीम रावल एमसीसीको पूर्ण विपक्षमा छन् ।

त्यस्तै बैठकमा अधिकांस केन्द्रीय समिति सदस्यहरुले पार्टीमा पूर्व एमाले र पूर्व माओवादीबीच भावनात्मक एकता चाँडै सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन् ।  सरकार र स्थानीय सरकारको कामले राम्रो सन्देश नदिएको र त्यसले भोलि अप्ठ्यारो पर्न सक्नेतर्फ पनि केन्द्रीय सदस्यहरुले चिन्ता व्यक्त गरेको  स्थायी समिति सदस्य थापाले जानकारी दिए । 

नेकपाको केन्द्रीय समिति बैठक शुक्रबार समूह छलफल सकिनेछ । शनिबार टोली नेताले बोल्ने क्रम सुरु हुनेछ ।  बैठक २२ गते सम्पन्न हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro