देश
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले अन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई दश हजार घुससहित पक्राउ गरेको हो ।
विद्युतीय विजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट मंगलबार दिउसो पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ १७:१९
प्रतिक्रिया दिनुहोस्