site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीमा पार्टीका गुटको गन्ध आयो

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई मंगलबार संसद् बैठकमा सफलताको शुभकामना दिए ।  २

५ वर्षसँगै सहकार्य गरेको र एक दशक लामो सशस्त्र संघर्षका सहयात्रीसमेत रहेका सापकोटाको बौद्धिकता र क्षमताको प्रशंसा गर्दै उनले सो क्षमता संसदमा पनि प्रदर्शित हुने अपेक्षा राखे ।

उनले प्रतिनिधिसभामा सभामुखले खेल्ने भूमिका र संसदले खेल्नुपर्ने भूमिकाका बारेमा पनि लामै चर्चा गरे । लोकतन्त्रको परिभाषा, संसदका कामकारबाहीको समीक्षा, एमसीसीदेखि पछिल्ला भ्रष्टाचार कान्डबारे उनले सटिक टिप्पणी गरे ।

एमसीसीमा पार्टीका गुटको गन्ध आयो
भट्टराईले राष्ट्रिय मुद्दाहरूमा संसद्मा गम्भीर छलफल नभएको बताए । अमेरिकी वैदेशिक सहायता नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्टअन्तर्गको सहयोग परियोजना एमसीसीका विषयमा पनि गम्भीर छलफल नभएको उनको भनाइ थियो ।

“अहिले एमसीसीमा जस्तो कुरा आइरहेको छ । राष्ट्रिय कोणबाट भन्दा पनि एउटा पार्टीको गुटहरूको द्वन्द्वको गन्ध त्यसमा देखापरिरहेको छ । यो सुखद् विषय होइन । यस्तो विषयमा गहन छलफलको नीति हुनुपर्छ,” उनले भने । 

अमेरिका, चीन र भारतसँग समन्वयकर्ताको नीति लिएर नेपालले सन्तुलित सम्बन्ध नराख्दा नेपालले सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्दै देशलाई समृद्धिको बाटोमा लैजान कठिन रहेको पनि उनले बताए ।

संघीयता हिजोको पञ्चायतको अञ्चलजस्तै 
भट्टराईले नेपालमा ०७ सालदेखि भएको परिवर्तनको चर्चा गर्दै परिवर्तनपछि परिवर्तनविरोधी हावी हुँदा परिवर्तनका मुद्दाहरू संस्थापित हुन नसकेको बताए । अहिले पनि परिवर्तनविरोधी शक्ति हाबी रहेको निष्कर्ष निकाल्दै उनले संविधानले सुरक्षित गरेका संघीयता, समावेशीताजस्ता मुद्दा खोसिँदै गएको बताए । “प्रदेशको नामकरण र राजधानीहरू किटिँदै छन् ।

त्यो हिजोको पञ्चायतको अञ्चलहरूभन्दा कुनै पनि अर्थमा फरक हामीले देखिरहेका छैनौं,” उनले भने, “समावेशी र सहभागितासहितको उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौं । त्यसअर्थमा यो लोकतन्त्रलाई अझै लोकतन्त्रिक बनाउन संसदमा अभ्यास हुनुपर्छ ।”

सरकारलाई अंकुश लगाउन संसदले सकेन
भट्टराईले सुशासनको सन्दर्भमा सरकारलाई संसदले अंकुश लगाउन नसकेको पनि बताए । भ्रष्टाचारको विषयमा संसदमा बहस, छलफल गरेर सरकारलाई अंकुश लगाउन सक्नुपर्ने भए पनि नसकिएको उनको भनाइ थियो ।  उनले भने, “एउटा सुखद् कुरा भन्नुपर्छ, हाम्रो मिडियाले कमसेकम यी विषयहरूलाई उधिनेर जनतालाई सजग गराइरहेको छ ।

यति प्रकरण, बुढीगण्डकी प्रकरण र वाइडबडी प्रकरण लगायतको उदाहरण दिँदै उनले देशमा भ्रष्टाचारको डंगुर लाग्दै गएको छ । हामी संवेदनाहीन बन्दै गइरहेका छौं । यस्तो विषयमा छलफलको थलो र सरकारलाई अंकुश लगाउने थलो संसद बन्नुपर्छ ।” 

द्वन्द्वका घाउ कोट्याएर क्यान्सर बनाउने ? 
भट्टराईले शान्तिप्रक्रिया टुंगिएको लामो समय भइसक्दा पनि सत्य निरुपण र बेपत्ता छाबिन आयोगले काम पूरा नसक्नु गम्भीर विषय भएको बताए । सभामुख रहेका सापकाटामाथि हत्या आरोपी भन्दै भइरहेको आलोचनातर्फ संकेत गर्दै उनले द्वन्द्वकालका एउटा एउटा मुद्दा बल्झाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

“अहिले यहाँ सभामुखकै विषयलाई लिएर मुद्दालाई अल्झाएर बल्झाउने प्रयास भएको छ । त्यसले कसलाई फाइदा पुग्छ ?,” उनले भने, “के फेरि ती द्वन्द्वका घाउहरू कोट्याएर त्यसलाई क्यान्सर बनाउन खोजिएको हो ? अनि त्यसले हल गर्छ ।

व्यक्ति व्यक्तिमा जाने हो भने १५/१७ हजार मानिस मारिएका, बेपत्ता भएका छन् त्यसको हल कसरी गर्ने ? समग्रमा हल गर्ने कि अंशमा कोट्याएर जाने ? सभामुख स्वयं नै जानकार हुनुहुन्छ ।” उनले बृहत् शान्ति सम्झौताको भावनाअनुसार समग्रतामा नै द्वन्द्वकालीन विषयलाई हल गर्नुपर्ने बताए ।

त्यस्तै, उनले टीकापुर घटनालाई ‘थारु विद्रोह’ भन्दै सो घटनालाई राजनीतिक घटनाका रूपमा हेर्नुपर्ने बताए । 

लोकतन्त्र र संसद
भट्टराईले लोकतन्त्रको बारेमा चर्चा गर्दै लोकतान्त्रिक अभ्यासको उद्गम थलो प्रतिनिधिसभा भएको बताए । लोकतन्त्र भनेको विपरीतहरूको विविध विचारहरूको संघर्ष र एकत्वको अभिव्यक्ति भन्दै उनले सत्तापक्ष र प्रतिपक्षी एकै सिक्काका दुई पाटा भएको बताए । “यी दुईटा मिलेर मात्र लोकतन्त्र हुन्छ । सत्तापक्षले प्रतिपक्षको अथवा फरक मतको दमन गर्ने होइन ।

प्रतिपक्षीले पनि सत्तापक्षलाई घच्घच्याउने हो,” सत्तापक्ष र प्रमुख प्रतिपक्षी दुवैलाई कटाक्ष गर्दै उनले भने, “त्यसको अपूर्णतालाई पूर्णता दिन जोड गर्ने हो भन्ने बिर्सेर त्यसैको पछि लागेर, त्यसैसँग भागवन्डा गरेर, मागेर खाने । मेलमिलापको नाममा फेरि आफ्नो धर्म बिर्सने काम प्रतिपक्षीले पनि गर्नुहुँदैन ।”

सत्तापक्ष र प्रतिपक्ष दुवैले आ–आफ्नो कर्तव्यमा बस्नुपर्ने भन्दै उनले दुवै पक्षलाई आआफ्नो धर्म पूरा गर्न उत्प्रेरणा दिन सभामुखसँग आग्रह गरे ।

“मूलतः संसद प्रतिपक्षकै हो । आदरणीय दमननाथ ढुंगानाज्यूले भनेर मात्र होइन अन्य मुलुकका पनि अहिले लाइभ संसद् बैठक हेर्न मिल्छ । संसद्मा प्रतिपक्षले प्राथमिकता पाउनुपर्छ ।” सरकारले सदनमा उठेका राष्ट्रिय मुद्दामा गम्भीरता नदेखाएको पनि उनले गुनासो गरे ।

सरकारलाई संसदप्रति जवाफदेही बनाउन सभामुखले भूमिका खेल्नुपर्नेमा भट्टराईको जोड थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro