site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर आंँखा अस्पतालमा जलविन्दुको उपचार
SkywellSkywell

चितवन । नेपाल नेत्र ज्योति संघ, भरतपुर आंँखा अस्पतालमा विशेषज्ञसहितको जलविन्दुको उपचार आरम्भ गरिएको छ । यसअघि यहाँ जलविन्दुको सामान्य जाँच मात्रै गरिँदै आए पनि जनवरीबाट विशेषज्ञसहित अत्याधुनिक सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । 

डा. रञ्जित शाहले अस्पतालमा जलविन्दुका बिरामी चाप भएसंँगै विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार सेवा सुरु भएदेखि अहिलेसम्म १३५ जनाको उपचार गरिसकिएको छ । सेवा सञ्चालनमा आएपछि बिरामीलाई जलविन्दुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । रोगबारे शाह भन्छन्, ‘जलविन्दु आंँखाको दृष्टि नशामा देखिने लक्षण हो, यो कतिखेर कुन उमेर समूहलाई लाग्छ थाहै हुँदैन ।’ विशेषगरी वंशाणुगत गुणका कारण, बालबालिका एवं ४० वर्ष काटेका व्यक्तिमा यस किसिमको रोग बढी देखिने गर्छ । अस्पतालमा विशेषज्ञ टोली र अत्याधुनिक उपकरणसहित उपचार हुँदै आएको उनले बताए । 

KFC Island Ad
NIC Asia

आंँखामा लाग्ने अन्य जटिल रोगजस्तै जलविन्दु पनि उत्तिकै खतरा हुने उनको भनाइ छ । यो रोग लागे नलागेको थाहा पाउन वर्षमा कम्तिमा पनि एकपटक आंँखा जांँच गनुपर्ने उनले सुझाए । ‘धूमपान, मद्यपान गर्ने र उच्च रक्तचाप भएका व्यक्ति यस रोगबाट बढी प्रभावित हुन्छन्,’ उनले भने । जलविन्दुको लक्षण भएका बिरामीमा एक्कासि आंँखाको सेतो गेडी ठूलो हुने र उज्यालो प्रकाश असह्य भई दृष्टिसमेत बन्द हुने खतरा रहने डा. शाहले जानकारी दिए । रोगको प्रथम चरणमा औषधि, दोस्रो लेजर प्रविधि र तेस्रो चरणमा शल्यक्रियाबाट उपचार गरिन्छ । यी सबै सुविधा अब यही अस्पतालमै रहेको उनले जानकारी दिए ।
 

६ महिनामा ९२ हजारभन्दा बढीलाई सेवा
भरतपुर आंँखा अस्पतालको सबै शाखा र सेवा केन्द्र गरी चालु आवको ६ महिनामा ९२ हजार ६ सय १० जनाले आंँखाको उपचार सेवा लिएका छन् । 

Royal Enfield Island Ad

अस्पतालको चितवनमा मात्रै ८ शाखाबाट र बाराको सिम्रौनगढ, नवलपुरको कावासोती र धादिङको सल्यानटारमा गरी सो अवधिमा बिरामीले सेवा लिएका हुन् । अस्पतालका अनुसार सबैभन्दा बढी बिरामीले भरतपुर अस्पतालमा आंँखाको उपचार गराएका छन् । सबैभन्दा कम सौराहाको सेवा केन्द्रमा लिएका छन् । जसअनुसार साउनदेखि पुससम्म भरतपुर आंँखा अस्पतालमा ५७ हजार ९ सय ८ ले आंँखाको उपचार गरेका छन् । सबैभन्दा कम सौराहामा ७ सय १८ जना बिरामीले सेवा लिएका छन् ।

यस्तै भरतपुरमै रहेको चिजकुमार विष्णुकुमारी आंँखा अस्पतालमा १४ हजार ५८ जना, ठोरीमा ३ हजार ७ सय २७, पर्सामा ४ हजार ४ सय १३, माडीमा २ हजार २ सय ७४ र चनौलीमा १ हजार ८९ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

यस्तै चितवनबाहिर रहेको यस अस्पतालका शाखाहरूमा नवलपुरको कावासोती शाखामा २ हजार ९ सय ४२, बाराको सिम्रौनगढमा २ हजार ७२ र धादिङको शाखामा १ हजार २ सय ४५ जनाले सेवा लिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । उनका अनुसार बर्सेनि सबै शाखा र सेवा केन्द्रमा आंँखाका बिरामीको संख्या बढ्दै गइरहेको छ । जनसंख्या वृद्धि, उपचारको सहज पहुंँज, जनचेतनासंँगै अस्पतालमा बिरामीको संख्या पनि बढ्दै गएको हो ।

अस्पतालले सन् २०१५-२०१६ मा १ लाख ६ हजार ५ सय ४९, सन् २०१६-२०१७ मा १ लाख ७ हजार ५ सय ३९ जना २०१७–१८ मा १ लाख १८ हजार ४ सय ४५ २०१८-२०१९ मा १ लाख ३७ हजार ५ सय २५ जनाको आंँखाको ओपीडी सेवा दिइएको जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro