site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
डिशहोम १२खरी कथाको दोस्रो सिजन सुरु, उत्कृष्टलाई एक लाख पुरस्कार
SkywellSkywell

काठमाडौं । १२खरी बुक्सले कथा प्रतियोगिताको दोस्रो संस्करणको घोषणा गरेको छ ।

डिशहोम बाह्रखरी कथा सिर्जनामा सर्वाधिक धनराशि भएको यो प्रतिस्पर्धाको दोस्रो सिजन सुरु भएको हो ।

Dabur Nepal
NIC Asia

कथा प्रतियोगितामा प्रथम हुने कथाकारले १ लाख रुपैयाँ नगद, अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने कथाकारले क्रमशः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ त्यस्तै अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहनेले नेपाली भाषामा लेखिएको कथा फागुन १० गतेसम्म 12kharibooks@gmail.com मा पठाउनुपर्नेछ । वैशाख १२ गते विजेता घोषणा गरिनेछ ।

कथा प्रतियोगितको बाह्य निर्णायकका रूपमा रहेका पत्रकार तथा साहित्यकार नारायण वाग्लेले प्रतियोगिताको माध्यमबाट समकालीन कथा अनुहार पढ्न पाइने बताए ।
“कसले, कहाँ, कुन ठाउँमा बसेर कस्तो कथा लेखिरहेको छ भनेर बुझ्न आख्यान पाठकहरूलाई यसले मद्दत गर्छ,” उनको भनाइ छ ।

आख्यानकार समेत रहेका वाग्लेले आजको नेतृत्वको कल्पनाशीलता निकै कमजोर रहेको समेत औंल्याएँ । नेतृत्वमा कल्पनाशीलता नभएकैले परिवर्तनपछि देशले गतिलिन नसकेको बताए ।

१२खरी बुक्सले आयोजना गरेको कथा प्रतियोगिताले आजको कल्पनाको भावभूमि पत्ता लगाउने र पाठकले त्यसलाई परीक्षण गर्ने बताए ।

कथा संकलन गर्ने र प्रकाशन गर्ने परम्पराको कमी महसुस भएका बेला १२ खरीले प्रतियोगिता नै आयोजना गरेर देशभरिका आख्यानकारहरूका सिर्जना संकलन गर्नु प्रशंसनीय कार्य भएको बताए ।

प्रतियोगितका अर्का निर्णायक अमर न्यौपानले प्रत्येक मानिस आफैं कथा संग्रह भएकाले लेखिनुपर्ने बताए । प्रत्येक मानिस कथाकार बन्न योग्य हुँदाहुँदै पनि मञ्च नपाइरहेका बेला १२ खरीले प्रतियोगिता नै सञ्चालन गर्नु खुसीको कुरा भएको बताए । 

डिसहोम बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करण घोषणा

“मैले पनि जीआईजेटजस्तो संस्थाको एक्सपोजर पाएकैले नेपालगञ्जमा बसेर आख्यान सिर्जना गर्न सकेँ । १२खरी पनि त्यस्तै एक्सपोजर हो,” उनको भनाइ थियो ।

गत संस्करणकी विजेता तथा निर्णायक बिना थिङले १२खरीकै कारण आफूले कथाकारको परिचय पाएको बताइन् ।

२०६७ सालदेखि नै कथा सिर्जनामा लागे पनि कथाकारको परिचय १२खरीको प्रतियोगितापछि नै प्राप्त भएकाले सर्जकलाई यस्ता स्पर्धाले टेवा पुर्‍याउने बताइन् ।

१२खरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले गत संस्करणमा ९ सयभन्दा बढी कथा प्राप्त भएको बताउँदै यस वर्ष पनि नयाँ–नयाँ सर्जकहरू सहभागी हुने विश्वास व्यक्त गरे । 

पछिल्लो समय कथा सिर्जनामा कमी महसुस भइरहेका बेला यस्ता प्रतियोगिताले त्यसमा बढोत्तरी ल्याउने उनको विश्वास थियो ।

आन्तरिक तर्फका निर्णायक तथा १२खरी डट कमका कार्यकारी सम्पादक गोविन्द अधिकारीले गत वर्ष प्रतियोगितामा सहभागी र छानिएका २५ कथा समकालीन कथा अनुहार भएको बताए ।

“ती कथामा पछिल्लो दस वर्षको अवस्था चित्रण भएको पाइन्छ । द्वन्द्व, द्वन्द्वोत्तर समाज, वैदेशिक रोजगारी, समाजमा विद्यमान मुद्दाहरू कथाका रूपमा आएका छन्, यो नै प्रतियोगिताको उपलब्धी हो,” उनको भनाइ थियो । गत वर्ष समाजमा विद्यमान मुद्दा, समस्या बिम्बित कथालाई नै छोटो सूचीमा समावेश हुने आधार बनाइएको उनको भनाइ थियो ।

डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले अंग्रेजी माध्यममा पढेकाले सुरुमा नेपाली साहित्यप्रति रुचि नजागे पनि अमेरिका पुगेपछि लत बसेको बताए ।

पारिजातकृत शिरिषको फूल दसपटक पढेको सन्दर्भ निकाल्दै आचार्यले १२खरी कथा प्रतियोगितासँग नेपाली साहित्यको मायाले नै जोडिएको बताए ।

आचार्यले गत वर्षको कथा छनोट राम्रो रहेको बताउँदै यस वर्ष पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

डिस होम देशको कुनाकुना पुगेको बताउँदै डिस होमकै माध्यमबाट देशभरिबाट कथा संकलन हुने आशा पनि व्यक्त गरे ।

छानिएका २५ कथामध्ये तीन कथालाई प्रथम, द्वितीय, तृतीय घोषणा गरिनेछ । २२ कथाकारलाई जनही ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट २५ कथा समेटिएको संग्रह प्रकाशन गरिनेछ ।

गत वर्ष प्रकाशन भएको १२खरी उत्कृष्ट कथा संग्रह हिन्दी भाषामा पनि अनूदित छ । विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा हिन्दी भाषामा ती कथा अनुवाद भएका थिए ।

प्रतियोगिताको व्यावसायिक साझेदार सनराइज बैंक, हिमाल स्टिल, कियाको सेल्टोस गाडी, अजोड इन्स्योरेन्स, अर्घाखाँची सिमेन्ट र फ्याक्ट्स रहेका छन् । बाह्रखरी

तस्बिरहरु : सुनील प्रधान/हरिशजंग क्षेत्री

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu