site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झिम्के मामा : जातले दिएको र थुतेकाे परिचय 
SkywellSkywell

काठमाडौं । देउराली गाँउका पुजारी, युवा, बच्चा र महिलादेखि हरेक अगुवाको मुखबाट सुनिरहने नाम हो– झिम्के । ढाकाटोपी, साइड ब्याग, त्यसभित्र सधैँ हुने बासुरी र बासुरीको मिठो धुन जस्तै सधैं अनुहारमा मिठो मुस्कान र बोली ‘झिम्के’को पहिचान हो ।

ऊ चार वर्षदेखि आफू जन्मे हुर्केको गाँउबाट रगतको नाता कोही पनि नभएको अपरिचित (देउराली) गाँउमा बस्दै आइरहेको छ । त्यो गाँउमा जन्मजात परिचय (सार्की) लुकाएर नयाँ परिचय (बस्नेत काजी) बोकेर आएको छ ।

परिचय फेरिएसँगै उसको सम्बन्ध र उसलाई गरिने व्यवहार पनि फेरिएको छ । नयाँ परिचयले गाँउमा हुने खुशीको समारोह जस्तै विवाह, व्रतबन्ध, चाडबाड देखि मलामी जानेसम्ममा पनि उसको उपस्थितीको विशेष महत्व राख्छ ।

KFC Island Ad
NIC Asia

झिम्केले देउराली गाँउमा दिदीभाइको नाता पाएका छन् । रगतको सम्बन्ध नभए पनि ऊ नामको सम्बन्धले पाएको दिदी र भिनाजुको घरमा बस्छ । दिदी भिनाजु र दुई भान्जाले ‘झिम्के’लाई दिने माया र झिम्केले उनीहरुलाई दिने माया रगतको नाताको भन्दा गाढा छ ।

‘झिम्के’ देउराली गाँउमा आएदेखि गाँउको रुपरङ्ग नै फेरिएको छ । ‘झिम्के’ कै अगुवाइमा केहीवर्षको अन्तरालमै गाँउमा बाटो निर्माण, सिँचाईका  लागि कुलो, देउरालीको चिटिक्क परेको मन्दिरलगायत हरेक विकास निर्माणको काम तिव्र गतिमा भैरहेको छ । 

Royal Enfield Island Ad

गाँउका कसैलाई दुख पर्दा ऊ आफ्नै परिवारमा दुख परेको जस्तै गरि साथ दिन पहिलै नै पुगिसकेका हुन्छन् । गाँउमा केही समस्या परे त्यसको समाधान खोज्ने पनि देउरालीमा ‘झिम्के’ नै चाहिन्छ । 

० ० ० 

नयाँ गाँउमा उसको जन्मथलोको मीत ज्यू र साथीहरु एक्कासी भेटिएपछि झिम्केको जन्मजात परिचय खुल्छ । कुरा भुसको आगोसरि फैलिन्छ । 

तर ‘झिम्के’ परिचय लुकाएर धेरै दिनसम्म नयाँ सम्बन्धमा बाँचिरहन सक्दैन । उसको जन्मजात परिचयले नयाँ परिचय धुल्मलाइ दिन्छ । र, नाटकले नयाँ मोड लिन्छ । कानुनले बन्देज गरे पनि छुवाछुतको घुम्टो ओडेको समाजको आँखा उग्रिएकै हुँदैन । त्यसको मारमा पर्छ– ‘झिम्के’ । 

अघिसम्म ‘झिम्के’को उपस्थितीले महत्व राख्ने गाँउमा अब भने झिम्केको उपस्थिती नै पाप र तनावको विषय बन्छ । ‘झिम्के’लाई गाँउ निकाला गर्ने घोषणा हुन्छ । ‘झिम्के’ आफैंले बनाएको धाराको पानी छुन पाउँदैन । 

गाँउलेको मलामी र चित्ता जलाउन पुगेका झिम्केको आफ्नै लाश भने ३ दिनसम्म पनि कसैले छँुदैनन् । गाँउलेको त के कुरा, जीवन र मृत्युको दोसाधमा परेर आफ्नै रगत दिएर जीवन दिएका भिनाजुले पनि सव उठाउँदैनन् ।
० ० ०
नाटक ‘झिम्के मामा’ दुर्गाप्रसाद पाण्डेको कथालाई प्रदीपकुमार चौधरीले निर्देशन गरेका छन् । चरित्र प्रधान नाटक‘झिम्के मामा’ले समाजको यथार्थ चित्रण गर्न खोजेको छ ।
लेखक तथा निर्देशक चौधरीका अनुसार ‘झिम्के मामा’ मानवीय संवेदना हराउँदै गइरहेको वर्तमान समाजमा, समाजिक संरचनाकै कारण कर्मले जितेर जन्मले हारेको एक चरित्रको कथा हो ।

नेपालमा समयसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएको लामो समय बितिसकेको छ । यी सँगै जनताको हित, स्वतन्त्रता र अधिकारलाई स्थिापित गर्न भन्दै थुपै कानुन पनि बनिसकेका छन् । जसमा छुवाछुत र भेदभाव विरुद्ध पनि कडा कानुन निर्माण भैसकेको छ । तर आज पनि देशको कुनाकाप्चामा कस्सिएर जरा गाँडेको छुवाछुतलाई भने त्यो कानुनले उखेल्न नसकेको यथार्थ नाटकले चित्रण गरेको छ ।

निर्देशक चौधरीले ‘झिम्के मामा’लाई उभ्याएर अझै पनि जातको नाममा समाजको अपहेलना सहना वाध्य निर्दोष नागरिकको दुःखलाई प्रस्तुत गर्न खोजेका छन् । जातलाई पाप र धर्मसँग जोडेर कथित ठूला जात भनाउँदाहरुले तल्लो वर्गको व्यवहार देखाउने समाजको अगाडि आफ्नो जन्मजात परिचय लुकाए झुठो परिचय ओढेर बाँच्न विवश लाखौं ‘झिम्के’हरुको कथा यो नाटकले बोल्छ ।

‘झिम्के’ कर्मले जीतेर जन्मले हारेको पात्रको कथा हो ।

० ० ० 

जातभात र छुवाछुतको कुरा सँगै गुणस्तरिय पढाई, सुरक्षित भविष्य र विलासिताको जीवनको आशमा गाँउबाट सहर र सहरबाट विदेश पलाउन हुने युवा पुस्ताको विवशता र उसको परिवारको विचल्लीको वारेमा पनि नाटकले बोल्न खोजेको छ । आफ्नै आमाबुबालाई दाग बत्ति दिन आउन नसक्नुको विवशतालाई नाटकले समेट्न खोजेको छ । 

अनामनगरस्थित मण्डला थिएटरमा माघ ४ गतेदेखि मञ्चन सुरु भएको नाटक ‘झिम्के मामा’माघ २६ सम्म मञ्चन हुने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro