site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा पहिलाभन्दा प्रगति तर मापदण्ड पूरा भएन

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले तयार पारेको मानव बेचबिखनसम्बन्धी २०१९ को प्रतिवेदनमा नेपाल सरकारले अघिल्लो वर्षभन्दा तुलनात्मक रुपमा बचबिखन रोक्न बढी पहल गरेको चर्चा गरिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएअनुसार विश्वभरीका १८७ देशमा मानव बेचबिखन नियन्त्रण र नियमनसम्बन्धी विषय सो रिपोर्टमा उल्लेख गरिएको छ । तर, नेपाल सरकारले न्यूनतम मापदण्ड भने पूरा नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसतर्फ देखिने गरी प्रयास गरेको रिपोर्टमा उल्लेख छ ।

नेपालमा पछिल्लो पटक बेचबिखनसम्बन्धी मामिलामा ३१३ वटा घटनाको अनुसन्धान गरेको र अघिल्लो वर्ष सो संख्या २२७ वटा रहेको रिपोर्टमा उल्लेख छ । 

३१३ वटा मुद्दामा ५४६ मानिस संलग्न भएको र तिनमा ४४७ जना पक्राउ परेको रिपोर्टमा जनाइएको छ । प्रहरीको सीआइबीले १३ वटा अन्तरदेशीय घटनाको छानबिन गरेको र अप्रिल र डिसेम्बर २०१८को बीचमा १४ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ । सरकारले नेपालमा महिलाहरुलाई बेचबिखन हुन नदिन प्रयत्न गरेको जनाइएको छ ।

कतिपय नेपाली महिलाले चीन र दक्षिण कोरियाका पुरुषसँग विवाह गरेकोमा उनीहरुमाथि ठगी भएको उजुरी पनि गरेको अमेरिकी रिपोर्टमा उल्लेख छ । 

श्रीलंकन र बंगलादेशीले पनि नेपाली कागजात प्रयोग गरेर नेपाललाई ट्रान्जिट बनाइ गलत काम गरिरहेको जनाइएको छ । भारतको कोलकाता, चेन्नई विमानस्थलमा कमजोर जाँचका कारण बेचबिखनमा संलग्न व्यक्तिहरुले ती विमानस्थलको प्रयोग गर्ने गरेको समेत रिपोर्टमा उल्लेख गरिएको छ ।

कतिपय नेपाली श्रमिकलाई श्रीलंका र वर्मा हुँदै गन्तव्य मुलुकसम्म लगिने गरेको समेत रिपोर्टमा उल्लेख छ ।

नेपालभित्रै बँधुवा मजदुरको रुपमा मानिसहरु कृषि, इँटा भट्टाजस्ता कार्यमा रहेको जनाइएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro