site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जामुनको रूख’ ले बनाएको कंकाल
SkywellSkywell

काठमाडौं । थिएटर मलको प्रवेशद्वार बाहिर सेतो बोर्डमा रातो मसीले ठूलो अक्षरमा लेखिएको छ– (मान्छे कसरी कंकाल भयो ?) त्यसकै छेउमा मान्छेको कंकाल पनि भुण्डाइएको छ ।

यो प्रश्नको उत्तर दिन्छ नाटकघरभित्र मञ्चन भइरहेको नाटक ‘जामुनको रूख’ ले ।

नाटकघरभित्र एक निर्दोष व्यक्ति जामुनको ठूलो रूख मुनि थिचिएको छ । सरकारी कार्यालय भित्रको ४० वर्ष पुरानो त्यो रूख ढलेपछि ती निर्दोष व्यक्ति रूखले किचिन्छन् ।

KFC Island Ad
NIC Asia

ती निर्दोष व्यक्ति आफ्नो ज्यान जोगाउन हारगुहार गरिराखेको सुनेर त्यहीं बगैंचामा काम गर्ने माली र कुचिकार उसको सहयोगमा अघि सर्छन् । 

उनीहरू ती निर्दोष व्यक्तिको ज्यान बचाउन आग्रह गर्दै कार्यालयका सुब्बासँग बिन्ती बिसाउन पुग्छन् । 

Royal Enfield Island Ad

त्यसपछि सुरु हुन्छ, सरकारी कार्यालय र त्यहाँका कर्मचारीमा देखिने ढिलासुस्ती, झन्झट, किचलो, गैरजिम्मेवारी र राजनीतिक विसंगति । 

माली र कुचिकार त्यो जामुनको रूख काटेर उसको ज्यान बचाउन सम्बन्धित सबै निकायमा पुग्छन् । तर, विडम्बना सरकारी कर्मचारी मानवीय संवेदना देखाउनुको सट्टा दायित्वबाट पन्छिँदै जिम्मेवारीबाट टाढा भाग्न खोजिरहन्छन् ।

पीडित व्यक्तिको फाइल सचिवालयबाट वाणिज्य विभाग, फलफूल विभाग हुँदै ‘अर्जेन्ट’को तोकसहित एक कार्यालयबाट अर्को कार्यालयमा सरिरहन्छ । फाइल एक विभागबाट अर्को विभागमा सरिरहँदा पीडित युवाको बाँच्ने झिनो आशा कहीँ कतै जीवन्त छ ।

तर, फलफूल विभागले एक निर्दोष नागरिकको ज्यानलाई पूरै बेवास्ता गर्दै ‘फलदार जामुनको रूख’ नकाट्ने घोषणा गरिदिन्छ । 

ती निर्दोष व्यक्तिको अवस्थालाई बुझनु त कहाँ हो कहाँ उल्टै जामुनको फल ‘चोर’ को संज्ञा दिन्छ ।

के यो फलदार जामुनको रूखभन्दा एक आम नागरिकको जीवन त्यति सस्तो हुन्छ ? के ती युवा यी सरकारी कर्मचारीको इगो र गैरजिम्मेवारीको सिकार हुनुपर्ने हो ? यो पत्ता लगाउन कीर्तिपुरस्थित थिएटर मल जानुनै पर्ने हुन्छ ।

०००

नाटक जामुनको रूखले जनतालाई न्याय दिन बसेको सुरक्षा विभागदेखि लिएर हरेक सरकारी कार्यालय र कर्मचारीलाई व्यंग्य गरेको छ ।

पीडित बाँच्न पाउने आशामा छटपटाइरहेका छन् । तर, प्रहरीले पीडित स्वयम नआएसम्म फाइल नहुने भन्दै काममा ढिलासुस्ति गरिदिन्छ । 

सरकारी कार्यालयलाई मात्रै नभई नाटकले पछिल्लो समय भाइरल हुने भोकमा मानवीयता र पीडितको मर्म नबुझी समाचार सम्प्रेषण गर्न पछि लागेका मिडियालाई पनि व्यंग्यात्मक प्रहार गरेको छ । 

फलफूल विभागको निर्णयसँगै धेरै दिनदेखि सकसमा भए पनि बलिरहेको बाँच्ने झिनो आशाको दियो पनि निभ्छ र अन्ततः उसले यसरी दिनरातको सकसमा बस्नुभन्दा मृत्युको माग गर्छ । 

हो सब ठिक हुनेछ 
आगो खरानी हुनेछ
खरानी धुँवा हुनेछ
सास रहुन्जेल मोज हुनेछ 
सास उडेपछि भोज हुनेछ.......... अन्तिम शब्दहरूसँगै पीडितले आफ्नो पीडालाई कवितामार्फत विस्फोट गर्छन् । 

०००

उर्दु भाषाका साहित्यकार कृष्ण चन्दरको ‘जामुनके रूख’ कथालाई निर्देशक केदार श्रेष्ठले नाटकमा ढालेका हुन् । चन्दरको लोकप्रिय हाँस्यव्यङ्ग्य कथालाई निर्देशक श्रेष्ठले आफ्नो परिकल्पनामा जीवन्त उतार्न सफल भएका छन् । नाटकमा थिएटर मलको अभिनय कार्यशाला ‘थिएटर ग्यारेज’ को तेस्रो ब्याचका विद्यार्थीको अभिनय रहेको छ । 

निर्देशकीय परिपक्वता, कलाकारको अभिनय, लाइट र नेपथ्यमा बज्ने धुनले नाटकलाई अझै जीवन्त बनाउन मद्दत गरिरहेको हुन्छ ।

निर्देशक श्रेष्ठका अनुसार नाटक हाम्रो खोक्रिँदै गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रको व्यङ्ग्य हो । 

भारतीय परिवेशमा लेखिएको भए पनि यो नाटकले नेपाली परिवेशलाई प्रतिनिधित्व गर्छ । चार दशकअघि लेखिएको नाटक समसामयिक देखिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro