site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दुई वर्ष बित्यो अझै कति दिनसम्म समस्या मात्रै देखाइरहने ?’

फाइल तस्बिर


जनकपुर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को सरकारलाई जनताको अपेक्षा सम्बोधन हुनेगरी इमान्दारीपूर्वक काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
 
"पहिलो वर्ष सिकाइमा बित्यो, अर्को वर्ष प्रयोगमा", शुक्रवार प्रदेश पार्टीको संगठन विस्तार तथा सुदृढिकरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले भने, "तेस्रो वर्षमा जनतालाई डेलिभरी दिनुपर्‍यो । अब पनि किन्तु, परन्तु भन्न मिल्दैन । जनताले माफ गर्दैन ।"

प्रदेश २ मा समाजवादी र राजपालाई मिलेर सरकार चलाउन जनादेश प्राप्त भएपनि विभिन्न कारणले अहिलेसम्म जनताको भावना अनुसार प्रदेश सरकारको प्रस्तुति सकारात्मक देख्न नसकिएको उनको भनाइ थियो । 

"समस्या अनेक छ । सरकारले जनतालाई समस्या देखाउने होइन, समस्याबाट मुक्तिको उपाय खोज्दै जनताको आवश्यक्ता पूर्ति गर्न अग्रसर हुनुपर्ने हो । कसरी जनताको मुहारमा खुशी आउने हो त्यो तपाइहरु (मुख्यमन्त्री तथा मन्त्रीहरु) ले सोच्ने हो । योजना ल्याएर कार्यान्वयन गर्ने हो", यादवले थपे । प्रदेश २ सरकारको सफलतामा संघीयताको भविष्य निर्भर रहेको उल्लेख गर्दै उनले संघीयताको सफल कार्यान्वयन हुन नसके राष्ट्रिय समस्याको हल निस्किन झन बिलम्व हुने बताए ।

सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दा प्रदेशको नामाकरणसम्म टुंग्याउन नसक्ने सरकार तथा प्रदेशसभाको काम, कारवाहीप्रति टिप्पनी गर्दै उनले भने, "तीन नम्बरले पनि नाम पाइसक्यो । हामी कहिलेसम्म दुई नम्बरीकै परिचय दिइरहने ?" 

अर्को प्रसंग यादवले राष्ट्रियसभा निर्वाचनमा पार्टीका दुवै उम्मेदवार जित्ने दावी गरे । आफ्नो उम्मेदवारका मनोबल उत्साहित रहेकाले जित्ने र पार्टी दृढ रहेको उल्लेख गर्दै उनले विपक्षमा रहेका (नेकपा र राजपा) उम्मेदवारहरुको मनोबल खसेको र पार्टी अन्तरद्वन्द्वमा फँसेको हुँदा पराजित हुने उनको तर्क थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro