site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्री शाहको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र मुख्यमन्त्री शाहबीच भेट भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशको विकासका सन्दर्भमा कुराकानी भएको थियो । 

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई सोही अवसरमा जानकरी गराएका थिए । 

उनले आर्थिक वर्ष ०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । भेटमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल उपस्थित थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro