site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङका सबै तह र निर्वाचन क्षेत्रमा कांग्रेसको नेतृत्व समायोजन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । निर्वाचन क्षेत्र र स्थानीय तहमा मोरङ कांग्रेसको नेतृत्व समायोजन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको परिपत्रअनुसार समायोजन गत पुस २ गते सुरु भएको थियो । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले भने, ‘‘संविधानसभा निर्वाचन ताका रहेका नौ क्षेत्र छवटा भएका छन् । त्यसमा समायोजनको आवश्यकता थियो । नेतृत्व रहेका साथीहरूलाई मूल्यांकनका आधारमा जिम्मेवारी प्रदान गरिएको छ । १७ स्थानीय तहमा पनि नेतृत्व समायोजन भएको हो ।’’

KFC Island Ad
Dabur Nepal
NIC Asia

अब ६ वटा संघीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेश निर्वाचन क्षेत्र र १७ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व आएको छ ।

संघीय निर्वाचन क्षेत्रको सभापतिमा निर्वाचन क्षेत्र १ मा खड्ग फागो, २ मा नागेश्वरप्रसाद सिंह, ३ मा गणेश खड्का, ४ मा विनोद बस्नेत, ५ मा दिलिप पोखरेल र ६ मा निरञ्जन रिजाल चयन भएका छन् । यसैगरी सत्र स्थानीय तहमा सभापति र सह–सभापति चयन गरिएको पार्टी सचिव घिमिरेले जानकारी दिएका छन् । 

Royal Enfield Island Ad

स्थानीय तहको अन्तर्गत १७ जना सभापति चयन भएका छन् भने कपितय तहमा पाँच जनासम्म सह–सभापति छानिएका छन् ।

समायोजन भएअनुसार विराटनगर महागनरपालिकाको सभापतिमा भीम पराजुली, सुन्दरहरैंचा नगरपालिकामा कृष्णबहादुर लिम्बू, बेलवारी नपामा शम्भु भट्टराई, पथरीशनिश्चरे नपामा टेकबहादुर थापा, रंगेली नपामा जगन्नाथ मण्डल, उर्लाबारी नगरपालिकामा वीरबल थापा, लेटाङ नपामा राजकुमार लामा, रतुवामाई नपामा जीवन पनेरु, सुनवर्षी नपामा कमलकिशोर सिंह, कटहरी गाउँपालिकामा राजकुमार कामत, धनपालथान गापामा मनिकचन्द्र मण्डल, जहदा गापामा महेन्द्र मण्डल, कानेपोखरी गापामा योगेन्द्र दाहाल, ग्रामथान गापामा तुलसी विश्वास, केराबारी गापामा प्रकाश बस्नेत, बुढीगंग गापामा विष्णुबहादुर पौडेल र मिक्लाजुङ गाउँपालिकामा शोमन्त दाहाल सभापतिमा चयन भएका छन् । 

कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले समायोजनपछि पार्टीको जीवन थप चलायमान हुने बतउँदै भने, ‘‘पार्टी संघीय स्वरूपमा गइसकेको छ ।’’

पार्टी समायोजनका कार्यक्रम जिल्लाभर चलिरहँदा विराटनगर महानगरको भेलामा पूर्वसभामुख तथा केन्द्रीय सदस्य तारानाथ रानाभाट, सुनवर्षी र रतुवामाईमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र ग्रामथानमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश आचार्य सहभागी थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro