site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देवघाटमा भक्तजनको घुइँचो

चितवन । धार्मिक स्थल देवघाटमा स्नान एवं दर्शनका लागि बिहानबाटै भक्तजनको घुइँचो लागेको छ । यसपटक ५ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । देवघाट क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार मंगलबारबाटै देशका विभिन्न ठाउंँबाट भक्तजन आएका छन् ।

समिति अध्यक्ष देवराज पौडेल बिहानबाटै स्नान गर्न देवघाटको बेनी संगममा भक्तजनको भीड लागेको छ । देवघाट ३ नदीको बेनीघाट संगमस्थल स्नान गर्नाले धर्म र फल प्राप्त हुनाले आज देशका अन्य तीर्थस्थलभन्दा बढी घुइँचो लाग्ने गरेको पौडेलले बताए । यो क्रम लिंगो गाडिएको समयदेखि ३६ घण्टासम्म रहने उनले जानकारी दिए । 

मंगलबार बिहान बेनीमा बाँसको लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाटमा ठूलो संख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसी भजन–किर्तन गाएका थिए ।  समितिले देवघाट आउने सवारीसाधन व्यवस्थापनका लागि ठिमुरा, रामनगर र दासढुंगाबाट आउने व्यवस्था मिलाएको छ । फर्कंदा ती सवारीले आँपटारीको बाटो प्रयोग गरेका छन् । दासढुंगामा देवघाट जोड्ने पुल बनिसकेकाले देवघाटसम्मै सवारीसाधनमा आएको पौडेलले जानकारी दिए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको बताए । यस्तै डुंगासहितको उद्धारका लागि सेना पनि तयारी अवस्थामा छ ।

विगतका वर्षहरूमा जस्ता आपराधिक घटनाहरू नहोस् भन्नाका लागि चारैतिर सुरक्षाकर्मी परिचालन गराइएको र स्नान गर्न आउंँदा महँगा मोबाइल एवं गरगहना लगाएर नआउन भक्तजनलाई अनुरोध गरिएको घिमिरेले बताए । धार्मिक ग्रन्थका अनुसार पवित्रस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने जनविश्वास छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro