site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय परिचयपत्र वितरणलाई प्रभावकारी बनाउन विभागीय टोली चितवनमा

चितवन । राष्ट्रिय परिचय वितरण कार्यालयलाई प्रभावकारी बनाउन र तोकिएको समयमा लक्ष्य पूरा गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागको टोली चितवन आइपुगेको छ । 

नागरिकको सेवा एवं सुरक्षालगायतका कार्यलाई चुस्त र दुरुस्त राख्‍न टोली पहिलोपटक चितवन आएको हो । विभागले आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्लाका स्थानीय तह एवं सुरक्षाकर्मीहरुसँग यसबारे अन्तर्क्रिया एवं अभिमुखिकरण कार्यक्रम सम्पन्‍न गरेको छ । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विभागका निर्देशक शिवराज जोशीले सरकारले स्मार्ट प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र बनाउने तयारी  सुरु गरेकाले यसलाई प्रभावकारी बनाउन सोही अनुसार चितवन आएको बताए । विभागले स्थानीयतहदेखि वडा टोलसम्म काम गर्न लागिएको उनले  बताए । उनका अनुसार पहिलो चरणमा विभागले १सय १७ जना दक्ष प्राविधिक र कर्मचारीको टोली सबै स्थानीय तहका वडा स्तरसम्म खटाउने छ । पहिलोपटक विभागले १५ वटा जिल्लालाई छनौट गरेको थियो उनले भने, त्यसमध्ये ७ जिल्लालाई पहिलो चरणमा सुरु गरिएको हो । 

Argakhachi Cement Island Ad

यस परिचयपत्रको प्रयोगबाट एकीकृत परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, नागरिकका वैयक्तिक, जैविक विवरणको संकलन, भण्डारण, उपयोग गर्ने, नागरिकलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गराउने उद्देश्य रहेको जोशीको भनाई थियो । नागरिकका सबै प्रकारका विवरण एउटै कार्डमा उल्लेख गरी विभागले तयारी गरिहेको विभागका  लेखा ईश्वरी प्रसाद ढकालले बताए । उनका अनुसार विभागले परीक्षणको लागि सिंहदरबारका कर्मचारी र पाँचथर जिल्लाका नागरिकको  समेत गरी १ लाख १७ हजार कार्ड वितरण गरिसकेको छ । 

आगामी  दुई वर्षभित्र हरेक योग्य नागरिकलाई राष्ट्रिय परिचयपत्र लिने गरी कामलाई गतिदिन लागिएको बताए । यस परिचयपत्रबाट नागरिकले आफूले पाउने हरेक सेवा , सुविधा  लिनसक्ने छन । यसको लागि हरेक  सरकारी कार्यालयमा कार्ड रिडरको व्यवस्था हुने उनले बताए । 

यसको डाटाको सुरक्षाको लागि विभाग संँग एउटा डाटा भण्डारण केन्द्र, नेपाल सरकार सँग एउटा र हेटौंडामा एउटा भण्डारण केन्द्र रहने उनले जानकारी दिए । यस परिचयपत्र पाउनको लागि १६ बर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ । र, हाल नागरिकताको आधारमा सेवाग्राहीले यो सेवा पाउनेछन । 

यसको लागि विभागले हाल प्रतिघण्टा ५०० प्रति स्मार्ट कार्ड छाप्ने मेशीन सञ्चालन गर्ने प्रयोगमा ल्याएको छ भने छिट्टैनै प्रति घण्टा १ हजार प्रति घण्टा छापिने विभागले जानकारी दिएको छ । 

जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख नारायण प्रसाद भट्टराइले सरकारको यो कार्यलाई सफल बनाउन सबैको दायित्व हुने  बताए । यसलाई गतिदिन  लागि १सय १७ जनाको प्राविधिक सहितको कर्मचारीको लागि ७सय जनाको आवेदन परेको र छिटैनै लिखित एवं मौखीक अन्तर्वाता लिएर कामलाई गतिदिने उनको भनाई छ । 

"चितवनमा यो परिचयपत्र लिनुपर्ने ६ लाख ७५ हजार को हाराहारीमा छन" , उनले भने, "यो टिमले नियमित काम गरे १सय २ दिनमा सकिन्छ ।" यस अघिपनि कार्यालयले नयाँ नागरिकता लिने नागरिकको हकमा सोही दिनमै राष्ट्रिय परिचयपत्र फाराम भरेर सेवा उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १७:१३
प्रतिक्रिया दिनुहोस्