site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 फेरि चितवनमा गैंडा मृत भेटियो, चालु आर्थिक वर्षमा सातको मृत्यु

फाइल तस्बिर


चितवन । चितवनमा शुक्रबार एक गैंडा मृत अवस्थामा भेटिएको छ । 

चितवन राष्ट्रिय निकुञ्‍जभित्र बिहान करिब ८ बजे घडगार्इं पोष्ट नजिक गैंडा मृत अबस्थामा भेटिएको हो । 

रंगोली घोलमा गडेको अवस्थामा रहेकाले भाले पोथी के हो भन्‍ने बारेमा केही खुल्न नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । यसअघि अघिल्लो हप्तामात्र एउटा गैंडा मृत भेटिएको थियो । 

गैंडा पाँच सात दिनअघिदेखि नै मरेको हुन सक्ने अनुमान गरिएको रुपाखेतीले बताए  । 

अहिले गैंडालाई पानीबाट निकाल्नका लागि स्काभेटरको प्रयोग गरिएको छ ।  उनका अनुसार चालु आर्थिक वर्षमा मात्र यो समेत गरी सातवटा गैंडा कालगती र अन्य कारणले मरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro