site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चिनी मिल मालिक अग्रवाल सम्पर्कमा, फागुनसम्‍म सबै रकम तिर्ने लिखित प्रतिबद्धता
SkywellSkywell

तस्बिर : माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान


काठमाडौं । अन्‍नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल उद्योग मन्त्रालयको सम्पर्कमा आएका छन् । फागुन पहिलो साताभित्र सबै वक्यौता रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धतासहित अग्रवाल मन्त्रालयको सम्पर्कमा आएका हुन् ।

Dabur Nepal
NIC Asia

तीन दिनअघि उखु किसानको वक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयले ताकेता गरेपछि चिनी उद्योगी अग्रवाल सरकारको सम्पर्कमा आएका हुन् ।

उद्योग मनत्रालयसँग अग्रवाल सम्पर्कमा आउँदै उनले हिजोदेखि आजसम्म उखु किसानको ५० लाख भुक्तानी गरिसकेको दाबी गरेका छन् । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार अग्रवालले पुस २५ सम्म ५ करोड रुपैयाँ र माघ पहिलो हप्तासम्म थप ७ करोड रुपैयाँ वक्यौता भुक्तानी गर्ने सहमति जनाएको छन् । भट्टराईले बाह्रखरीसँग भने, “अग्रवालले वक्यौता तिर्न थालिसकेको, फागुन पहिलो सातासम्म सबै वक्यौता तिर्ने प्रतिबद्धता जनाएका छन् ।”

भट्टराईका अनुसार अग्रवालको लिखित प्रतिबद्धतामा आफूसँग रहेको चिनीको स्टक बेच्‍न सरकारको तर्फबाट सहयोस गरियोस् भन्ने अनुरोध पनि उल्लेख छ । भट्टराईले भने, “उनले लिखित निवेदन नै लेखेका छन् । गृह मन्त्रालयबाट नै कदम चालिँदा भुक्तानी नपाएका किसानलाई राहत मिल्ने देखिन्छ ।”

यसअघि मंगलबार गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा प्रहरीलाई निर्देशन दिइएको थियो ।

व्यापारीहरु सम्पर्कमा नरहेको भन्ने जानकारीका आधारमा खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन गृहको थियो । तराईका विभिन्न मिलले किसानलाई भुक्तानी दिएका छैनन् । उनीहरू सबैबाट गरी किसानले १ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी लिन बाँकी छ ।

अग्रवालले किसानलाई करिब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । अग्रवाल अन्नपूर्ण चिनी मिलका इन्दिरा चिनी मिलका पनि मालिक हुन् । सात वर्षदेखि उखुको भुक्तानी नपाएको उखु किसान अहिले काठमाडौंमा छन् । तीमध्ये बिरामी परेका केही सर्लाही फर्केका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu