पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोजले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा रंगशालमा बिहान ९ः०० हुने पहिलो खेलमा साविक विजेता टोली पोखरा पल्टनले बुटवल ब्लास्टर्ससँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा दुई खेल खेलेको पोखरा दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । दुई खेल खेलेको बुटवल दुई अंकसहित तालिकाको अन्तिम स्थानमा छ ।
आजको खेलमा दुबै टोली दोस्रो जितको खोजिमा हुनेछन् । फाइनल सम्भावनालाई जिवित राख्नलाई पोखरालाई जितको आवश्यकता छ । साविक विजेतासमेत रहेको पोखरा आजको खेलमा पनि पराजित भएमा फाइनल सम्भावना मुस्किल हुनेछ । पहिलो खेलमा काठमाडौंविरुद्ध ९ विकेटको जित निकालेको पोखरा दोस्रो खेलमा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेट र तेस्रो खेलमा विराटनगर टाइटान्ससँग ४५ रनले पराजित भएको थियो ।
उता बुटवल ब्लास्टर्स प्रतियोगिताको तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग सुपर ओभरमा जित निकालेको बुटवल दोस्रो खेलमा ११९ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
आज नै हुने अर्काे खेलमा चितवन राइनोजले धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दैछ । चितवन दुई खेलमध्ये दुबै खेलमा जित निकाल्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । दुई खेल खेलेको धनगढी ब्लुज दुई खेलबाट दुई अंकसँगै अंक तालिकाको पाँचौ स्थानमा छ ।
चितवनले पहिलो खेलमा साविकको विजेता पोखरालाई ६ विकेटले पराजित गरेको थियो ।
दोस्रो खेलमा चितवनले बुटवलाई ११९ रनमा पारजित गरेको थियो । उता धनगढीले पहिलो खेलमा विराटनगर टाइटान्सलाई ५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने काठमाडौं वारियर्ससँग १०६ रनमा पराजित भएको हो ।