site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुनै खेललाई कमजोर ठानेको छैन : पारस खड्का
SkywellSkywell

पोखरा । चितवन राइनोजका कप्तान पारस खड्का र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकाल्यो । बिहीबार भएको खेलमा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जितपछि बोल्दै कप्तान पारस खड्काले यस्तै खाले प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्ने योजना भएको बताएका छन् । उनले बिहीबार चितवनले गरेको प्रदर्शनले प्रतियोगिताको उपाधि होडमा झनै सम्भावना देखाएको बताए ।

“लगातार दोस्रो सफलता मिल्दा खुसी लागेको छ । अघिल्लो खेलभन्दा आजको खेल धेरै राम्रो बनेको छ । खेलाडीहरुले पनि दिन प्रतिदिन आफ्नो प्रदर्शनलाई झनै राम्रो बनाउँदै आइरहेका छन् । यही प्रदर्शनलाई अझै राम्रो बनाउने योजना छ,” कप्तान पारसले भने ।

KFC Island Ad
NIC Asia

चितवनका लागि बिहीबारको खेलमा कप्तान पारसले अर्धशतकीय पारी खेलेका थिए । ४० बल खेलेका पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाएका थिए । पारसले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए । पारस ११ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । उनलाई अफताफ उदिन अहेमदले क्याच आउट गराए ।

“आजको खेलमा रोहन मुस्तफाले उत्कृष्ट प्रदर्शन गरे । त्यस्तै करण केसी लगायत खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । अब चितवनका लागि पछिल्ला सबै खेलहरु महत्वपूर्ण हुनेछन् । हाम्रो लागि कुनै खेलहरु पनि सहज भने छैनन् । सबै खेलाडीहरुले यही प्रदर्शनलाई उत्कृष्ट बनाउँदै गए अवश्य पनि राम्रो नतिजा हात पर्नेछ,” पारसले भने ।

Royal Enfield Island Ad

बिहीबारको खेलमा चितवनले कीर्तिमानी योगफल बनाएको थियो । कूल २०३ रन बनाएको चितवनले पीपीएल प्रतियोगिताकै सर्वाधिक रन हो । 

पीपीएलको अघिल्लो सिजन सर्वाधिक १९७ रन बनेको थियो ।

चितवनले निर्धारित २० ओभरका मात्र ३ विकेट गुमाएर यो योगफल तयार पारेको हो ।

“हाम्रो टिम अघिल्लो सिजन जस्तो छैन । अहिलेको संस्करणमा नयाँ खेलाडीहरु पनि आएका छन् । हामीले विदेशी खेलाडीहरु पनि ल्याएका छौं । आजको खेलमा मात्र भन्ने हो भने बाबर हायात र रोहन मुस्तफाले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिले के भयो भन्दा पनि अब के गर्ने भन्ने कुरामा हामीले ध्यान दिएका छौं । प्रतियोगितामा खेलेका दुबै खेलमा सहज जित निकाल्न सकेका छौं । आगामी खेलहरुमा पनि राम्रो प्रदर्शन गर्नेछौँ रिजल्ट पनि सकरात्मक आउने छ भन्ने मेरो विश्वास हो,” पारसले भने ।

प्रतियोगिता अन्तर्गत पारको टोली चितवनले शुक्रबार धनगढी ब्लुजसँग प्रतिस्पर्धा गर्दैछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro