site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुस्ती : नेपाललाई एक स्वर्णसहित १३ पदक

जनकपुर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणअन्तर्गत मंगलबार जनकपुरमा सम्पन्न भएको कुस्ती प्रतियोगितामा नेपालले एक स्वर्णसहित १३ वटा पदकमाथि कब्जा जमाएको छ ।

गत शनिबारदेखि सुरू भएको प्रतियोगितामा आइतबार ५५ किलो तौल समूहमा खेल्दै नेपालकी संगीता धामीले कुस्तीमा नेपालकै लागि प्रथम स्वर्ण पदक जित्दै नयाँ इतिहास रचिन् । उक्त पदकसमेत नेपालले पाँच रजत तथा सात कास्यगरी कुल १३ पदक जितेको छ ।

भारतको तर्फबाट विभिन्न तौल समूहमा कुल १४ खेलाडीले भाग लिएकोमा सबैले स्वर्ण पदक जितेका छन् । भारतका तोमर सितल, पिंकी कुमारी, रविन्द्र, पवन कुमार, अंशु कुमारी, साक्षी मल्लिक, अनिता कुमारी, गौरव बलियान, अमित कुमार, राहुल, सरिता कुमारी, सुमितलगायत सबै खेलाडीले स्वर्ण जिते ।

पाकिस्तानले तीनवटा स्वर्ण, दुई वटा रजत र एउटा कास्यगरी जम्मा छवटा पदक जितेको छ । श्रीलङ्काले दुई वटा स्वर्ण, दसवटा रजत र दुईवटा कास्यगरी १४ वटा पदक प्राप्त गर्‍यो । बंगलादेशले दुई रजत र सात वटा कास्यगरी ९ वटा पदक पायो । बंगलादेशले स्वर्ण छुन सकेन । 

मंगलबार औपचारिक रुपमा कुस्ती तर्फको खेल समाप्त भएपछि जनकपुरको रामानन्द चोकमा समाजवादी युवा संघले सम्पूर्ण नेपाली विजेता खेलाडीलाई नागरिक अभिनन्दन गरेको थियो । प्रदेश २ का भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका संघका केन्द्रिय अध्यक्षले सबै खेलाडीलाई मधेशको पहिचान झल्किने गम्छा ओढाउँदै कदरपत्रले सम्मान गरे ।     

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro