site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सागमा कुस्ती : सबै खेलाडी जनकपुर आइपुगे, शुक्रबारदेखि खेल हुने


तस्बिर : जनकपुरको कबर्डहलभित्र कुस्तीका लागि तयार पारिएको अखाडा (मैदान) ।


जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिता जनकपुरमा आयोजना गरिदैछ । शुक्रबारदेखि चार दिनसम्म चल्ने कुस्तीका लागि नेपालसमेत पाँच देशका खेलाडी सहभागी हुँदैछन् । 

खेलमा सहभागी हुने सबै खेलाडी बुधबारै साँझसम्म जनकपुर आइपुगेको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले जानकारी दिए ।

सागमा सात देशको सहभागिता रहेपनि कुस्तीतर्फ माल्दिभ्स र भुटानले भाग नलिने आयोजकले जनाएको छ । नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तान कुस्तीमा भाग लिइरहेका छन् । ती मध्ये पाकिस्तान बाहेक चारवटै देशका महिला पहलमान (कुस्तीवाज) पनि भाग लिइरहेका छन् । 

खेलाडीहरुका लागि जनकपुर र बर्दिबासका सबै होटल बुकिङ गरिएको छ । जनकपुरमा ठाउँ नपुगेपछि बर्दिबासमा पनि व्यवस्था गर्नुपरेको आयोजकले जनाएको छ ।

जनकपुरस्थित कबर्डहलभित्र खेल हुनेछ । हलभित्र सिमित दर्शकमात्र अटाउन सक्ने भएकाले कबर्डहल बाहिर र जानकी मन्दिर परिसरमा ठूलो पर्दा लगाएर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ । 

कुस्तीका लागि छनोट भएका नेपाली खेलाडीहरु

नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साहले नेपालको तर्फबाट कुस्तीमा भाग लिनेछन् । चुनारा महेन्द्रनगरबाट आएका हुन् भने अन्य सबै खेलाडी प्रदेश २ कै हुन् । 

महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्रीको नाम सिफारिस भएको छ । उनीहरु पनि बुधबारै साँझ जनकपुर आइपुगेको चौधरीले जनाए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro