site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ५ वर्षपछि रंगशालामा गुन्जिएको आवाज: नेपाल ! नेपाल !! 
SkywellSkywell

काठमाडौं । विनासकारी भूकम्पले क्षतबिक्षत भएपछि झण्डै ५ वर्ष एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला सुनसान बन्यो । खेलाडीले बाहिरबाट हेर्नुबाहेक नत त्यहाँ अभ्यास गर्न पाए नत खेल्न नै । 

खेल भएपछि खचाखच भरिने रंगशाला समर्थकका लागि पनि बिरानो भइसकेको थियो । बाटो पर्दा पुलुक्क रंगशालातिर आँखा तेर्साउने समर्थकका लागि मंगलबार खुसिको बहार छायो । 

किनकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त पुरुष फुटबलमा यू–२३ टोली पहिलो खेल भुटानविरुद्ध खेल्दै दशरथ रंगशालामा फर्किर्दै थियो । 

KFC Island Ad
NIC Asia

लामो समयपछि रंगशालामा खेल्न खेलाडी आतुर थिए भने खेल हेर्न समर्थक विहानदेखि नै टिकट लिन रंगशाला वरपर झुम्मिएका थिए । 

त्रिपुरेस्वरस्थित दशरथ रंगशालाको वरपरको माहोल हेर्दा ठूलै पर्ब आइरहेको आभास जो कोहीलाई पनि हुन्थ्यो । नहोस् पनि किन ? खेलकुदको कुम्भ मेला (१३ औं दक्षिण एसियाली खेलकुद) त्यसैमा रंगशालामा फर्किन लागेको फुटबल । जो–कोही हर्षित थिए । 

Royal Enfield Island Ad

दिउसो ठिक साढे १ बजे फिफाको धुनसँगै नेपाल र भुटानको टोली मैदानमा निस्कँदा दर्शकदीर्घाबाट आएको नेपाल... नेपाल... नेपाल आवाजले रंगशाला गुन्जामन भयो । ५ वर्षसम्म रंगशालामा खेल हेर्नका पर्खिएका सकर्थकले गुम्सिएको आवाजलाई नथाकुनजेलसम्म हुटिङमा लगाए । 

नेपालले ५ औं मिनेटमा भुटानविरुद्ध अग्रता लिँदा रंगशालाको माहोल निकै तात्तियो । पहिलो हाफमा १ गोलको अग्रता दोस्रंो हाफमा ३ गोल थप्दा समर्थकको हुटिङले पाँच वर्षसम्म सुनसान बनेको रंगशाला मुस्काएको झैं लाग्थ्यो । 

खेल हेर्नकै लागि कार्यालयको काम छोडेर आएका कैलालीका दिपेश कार्कीले जितभन्दा पनि रंगशालामा हुटिङ गर्न पाउँदा सन्तुष्ट महसुस गरेको बताए । 

उनीमात्र नभएर रंगशालामा भेटिएका अधिंकाशको समर्थकको जवाफ रंगशालामा फर्किएको फुटबलले आत्मसन्तुष्टी दिएको जवाफ दिए ।  

नेपालकी टोलीका कप्तान सुजल श्रेष्ठले पनि समर्थकका बिच खेल्न पाउँदा निकै खुसी महसुस गरेको बताएका थिए । उनले भुटानविरुद्ध २ गोल पनि गरेका थिए । 

उनीसँगै प्रशिक्षक बालगोपाल महर्जनले लामो समयपछि रंगशालामा फर्किएको फुटबल त्यसैमा जित हात पार्दा निकै हर्षित भएको बताए । 

भुटानविरुद्ध शानदार जित निकालेको नेपालले आज बुधबार श्रीलंकासँग खेल्दैछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro