site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सजिलो हस्ताक्षर भएका खातावाहक बैंकिङ अपराधीको निशानामा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । हाम्रो आफन्त, परिवार साथीभाई वा चिनेजानेको जोकोहीको सजिलो ‘सिग्नेचर’ (हस्ताक्षर) हुने गरेको छ । आफ्नो नाममात्र हुन्छ कतिपयको हस्ताक्षरमा ।

विशेषगरी बैंकका खातावाहक जो ठूलै रकम बैंकमा राख्छन् । उनीहरुको सजिलो हस्ताक्षर वा नाम मात्रै हुने गरेको छ । बैंकको चेक आफैंले लेख्न नजान्ने तर कसैले लेखिदिए त्यसमा सामान्य हस्ताक्षर गर्न जान्ने व्यक्तिहरुको पनि बैंक खाता छ । 

ती व्यक्तिहरु अर्कालाई चेक लेखाउने, सकेसम्म आफ्नो हस्ताक्षर आफैं पनि नगर्ने । छोराछोरीलाई ‘मेरैजस्तै देखिने गरी साइन गर्दे गर्दे’ सम्म पनि भन्ने गरेको पाइन्छ । आफैंले गर्दा पनि बडो सजगताका साथ आफ्नो नाम लेख्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुका लागि मोबाइल बैंकिङ त परै जाओस् एटीएममार्फत् पनि कारोबार गर्न आउँदैन ।

तर, बुधबार सार्वजनिक भएको एउटा घटनाले सोच्नुपर्ने अवस्था सिर्जना गराइदिएको छ । आइतबार एउटा साधारण हस्ताक्षर भएका एक व्यक्तिको हस्ताक्षर चोरेर उनको खाताबाट २० लाख रुपैयाँ निकालिएपछि सजिलो हस्ताक्षर निकै असुरक्षित हुने अनुमान लगाउन सकिन्छ ।

Global Ime bank

आफ्नो हस्ताक्षर किर्ते गरेर पैसा निकालिएको थाहा पाएपछि प्रहरीलाई उजुरी गर्ने व्यक्ति हुन्, गोपालमान राजवाहक ।

सुरुमा त, राजवाहकको मोबाइलमा एउटा फोन आयो, जसमा भनियो, “म प्रहरीबाट बोलेको । तपाईंको मोबाइल ह्याक हुन लागेको छ । आधा घन्टा बन्द गर्नुस् ।” राजवाहकले यो कुरा पत्याए । र, आफ्नो मोबाइल बन्द गरे । तीस मिनेटपछि मात्र अन गरे ।

दिनभर उनले के किन भनेर आफैलाई प्रश्नै गरेनन् । उल्टै डराएर कसैलाई भनेनन् । पछि त्यो नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन । अर्कातर्फ रातको साढे ८ बजे उनको मोबाइलमा एकाएक मेसेज आउन थाल्यो । जनता बैंकबाट लेखिएको हरेक म्यासेजमा भनिएको थियो, “तपाईंको खाताबाट फलानो नाम गरेको व्यक्तिले निश्चित रकम निकालेको छ ।” 

तीमध्ये दुईवटामा ५–५ लाख र एउटामा ९ लाख ९९ हजार झिकिएका जानकारी गराइएको थियो, कुल १९ लाख ९९ हजार रुपैयाँ । यति भएपछि उनले प्रहरीलाई खबर गरे । र जानकारी गराएकि उनले आफ्नो चेक कसैलाई दिएको छैन ।

सूचना पाएलगत्तै प्रहरी सक्रिय भयो । प्रहरीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग छलफल गर्यो । सोमबार प्रहरीले गिरोहको खोजी गर्न थाल्यो । भोलिपल्टै एकजना राजबाहककै चेक बोकेर जनता बैंकको न्युरोड शाखामा पुगेपछि बैंकले उसलाई समात्यो र सोही व्यक्तिबाट अनुसन्धान सुरु गरी अन्य व्यक्तिहरु पनि समातिए ।

उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरुका ठूलो परिमाणमा चेकबुक, खाता खोल्न तयार रहेका फर्महरु, विभिन्न तीनसय व्यक्तिहरुको नागरिकताको फोटोकपी, फोटोहरु, प्रयोग भएका हस्ताक्षरका नक्कलहरु बरामद गरियो ।

अनुसन्धानको क्रममा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु सबैलाई आईटीको सामान्य ज्ञान छ ।

उनीहरु बैंकमा खाता रहेका व्यक्तिहरुको हस्ताक्षर चोरी गरेर, चेक हराएको निवेदनसमेत दिइ नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं पैसा निकाल्न सफल भएको देखिएका छन् ।

उनीहरुका साथबाट विभिन्न बैंकमा रहेको विभिन्न व्यक्तिको नाममा रहेको खाताको सयौं थान सक्कली चेक पनि पाइएको छ ।

र, सुरुवाती अनुसन्धानबाट फेला परेको छ कि राजवाहाकको खाताको उनी स्वयम्ले निकालेको भन्दा बढी संख्यामा चेक बनाइएको रहेछ । यसअघि चेक सकिने बेला ‘फलानोलाई थप चेक पठाइ दिनू’ भनेर राजबाहकले बैंकलाई लेखेको जस्तो देखिने ‘चेक रिक्विजिसन फर्म’ प्रयोग गरेर थप चेक निकालिएको रहेछ । र, सोही चेकबाट २० लाख रुपैयाँ झिकिएको रहेछ । स्रोतका अनुसार उनीहरुले राजबाहकको खाताबाट अर्कै व्यक्तिको खातामा रकम ट्रान्सफर गराएका रकम चोरेका हुन् ।

राजबाहक त अलि जानकार व्यक्ति परे र समयमै प्रहरीलाई जानकारी गराए । र, सम्भावित थप दुर्घटना हुनबाट जोगिए ।

तर, जसलाई आफ्नो खाताबारे जानकारी नै छैन उनीहरु अझै आफ्नो रकम निकालेकोबारे अनभिज्ञ रहेको हुनसक्ने आशंका पनि प्रहरीको छ ।

यता, निकालिएको रकमको बराबरको मात्र रकम बरामद भएकाले सोही गिरोहले अरु थप रकम ननिकालेको अनुमान नेपाल राष्ट्र बैंकको छ । प्रहरी भने सोही समूहमा जोडिएका तर हालसम्म पक्राउ नपरेकाले रकम निकालेको हुनसक्ने आंशका गर्दछ ।

यसरी बरामद भएका चेकहरुबाट प्रारम्भिक अनुसन्धान गर्दा सबै चेकमा सजिलो हस्ताक्षर रहेका छन् । स्रोतका अनुसार प्रहरीमा उजुरी दिने राजबाहकको पनि निकै सजिलो हस्ताक्षर छ, हस्ताक्षरमा सामान्य रुपमा ‘गोपाल’ मात्र लेखिएको छ । स्रोतले भन्यो, “प्रमिला भण्डारी नामको अर्को खाताबाहकको हस्ताक्षरमा अंग्रेजीमा ‘पीभण्डारी’ लेखिएको स्पष्टै देखिन्छ । सो व्यक्तिको चेक पनि साइन गरिएको अवस्थामा भेटिएको छ ।” साथमा हस्ताक्षर अभ्यास गरेका दुईवटा खेस्रा कापि पनि भेटिएका छन् ।

यसहिसाबमा किर्ते गर्नेहरुले सजिलो हस्ताक्षरलाई निशानामा पारेको देखिन्छ । यो परम्परागत शैलीमा गरिएको बैंकिङ कसुरको नयाँ ‘केस’ हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले यस्तो घटना प्रहरीका लागि पहिलो भएको दाबी गरे । उनले भने, “यसरी हस्ताक्षर किर्ते गरी रकम निकालेको केस हामीले यसअघि ह्याण्डल गरेका थिएनौं ।”

तर, बैंक तथा वित्तीय संस्थाहरुको निमयनकारी निकाय नेपाल राष्ट्र बैंक भने यो परम्परागत शैलीमा भएको बैंकिङ अपराध भएको बताउँछ । राष्ट्र बैंक प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्, “सिग्नेचर चोरी गर्नु भनेको परम्परागत चोरी हो । तर, एटीएम ह्याक, स्विच ह्याकलगायत आधुनिक प्रविधी प्रयोग गरेर गरिएका चोरी आधुनिक हुन् ।”

निरौलाका अनुसार बैंकहरुको स–साना कमी कमजोरीका कारण यस्तो घटना विकसित हुने गरेको देखिएको छ । उनी भन्छन्, “बैंकहरु अपरेसनल जोखिम कम गर्न ध्यान नपुर्याएको देखिन्छन् ।”

अहिले ती सक्कली कागतपत्र कसरी ती व्यक्तिको हातमा पुग्यो भन्ने सबैले सोच्नुपर्ने विषय बनेको छ । राष्ट्र बैंक र प्रहरीका लागि पनि अनधिकृत व्यक्तिको हातमा वैधानिक कागजपत्र कसरी पुग्यो भन्ने अनुसन्धानको विषय बनेको छ । प्रवक्ता निरौला भन्छन्, “यसरी अनधिकृत व्यक्तिको हातमा अर्काको सक्कल काजगपत्र पुग्नलाई अंग्रेजीमा ‘इलिटिमेटली हेल्ड ओरिजिनल डकुमेन्टस्’ भन्ने गरिन्छ । खाताबाहकको सक्कली चेक उनीहरुको पहुँचमा कसरी पुग्यो ? यो हाम्रो शंकाको घेरामा छ ।” अर्को अध्ययन गर्नुपर्ने विषय हो, नो यो कस्टमर (केवाईसी) फर्म । “केवाईसी स्पष्टसँग भरेको छ भने यस्तो घटना नदोहोरिन सक्छ । तर, बैंकहरुले सक्कल कागजपत्र नहेरी खाता खोल्न दिए थप जोखिम निम्तिन्छ,” निरौलालले थपे ।

उनले यो घटनाले राष्ट्र बैंक, बैंकहरु, बैंकका उपभोक्ता सबै सचेत हुनेपर्ने अवस्था सिर्जना गरेको बताए । उनको आग्रह छ, “त्यसैले आफ्नो चेक सुरक्षित राख्नुहोस्, अरुलाई नदिनुस् । आफ्नो चेक साट्न आफैं जानुहोस् । एसएमएस हेर्न सिक्नुहोस् । आफ्नो खाताको नियमित जानकारी लिनुहोस् ।”
यसअघि राष्ट्र बैंकले प्रहरीबाट यसबारे सूचना पाएपछि बरामद भएका चेकका खाताहरु ब्लक गरिएको थियो । 

“सोही आधारमा सोमबार साट्ने पुगेका एक व्यक्ति समातिए,” प्रवक्ता निरौलाले भने ।

उनले किर्तेकर्ताले निकाल्ने खाजेको रकम सानो मात्राको देखिएकाले यो अभ्यास गरेको हुनसक्ने अनुमान लगाए । यो कार्य कोही मास्टरमाइन्डले गराएको हुनुपर्ने निरौलाको अनुमान छ । 

किनकि जो व्यक्तिहरु समातिएका छन् उनीहरु उमेरले सानै देखिन्छन् ।

अनधिकृत व्यक्तिको हातमा बैंक खातावाहकको सक्कली डकुमेन्ट पुग्यो कसरी ?

यो विषय अहिलको अनुसन्धानको सबैभन्दा ठूलो चुनौती हो । प्रहरीले पक्राउ पर्नेहरु सबै सूचना प्रविधि (आईटी) जानेका विद्यार्थी भनेको छ । प्रहरी र राष्ट्र बैंक दुवैका अनुसार यो कसुरमा बैंकका कर्मचारी पनि मिलेका हुन सक्छन् ।

बैंकको कमजोरी पनि यसमा धेरै छन् । जथाभावी खाता खोल्ने स्किम जारी गर्ने, स्टल राख्ने, इन्टर्न भन्दै कर्मचारीहरु आउट सोर्सिङ गर्ने जस्ता कारणले खातावालको सूचना चुहिएको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement