site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सागको सुरक्षामा १४ हजार सुरक्षाकर्मी, ट्राफिक व्यवस्थापनदेखि होटलको सुरक्षासम्म

काठमाडौं । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाको केन्द्रीय कमाण्ड नेपाल प्रहरीले गरेको छ भने त्यसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना पनि छ ।

काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा खेलकुद प्रतियोगिता हुनेछ । मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिताका लागि सुरक्षा तयारी पूरा भइसकेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए ।

सागको सुरक्षा व्यवस्थापनका लागि उपत्यकामा मात्रै १० हजार बढी नेपाल प्रहरी र चार हजारभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछ । यसबाहेक थप मद्दतका लागि अर्को टोली तयारी अवस्थामा रहनेछ । सशस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले अन्य सुरक्षा निकायको सम्वन्यमा खेलाडी, अतिथी, अफिसियलको सुरक्षामा खटिने बताए ।

सागमा आयोजक राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी ३२ सय बढी खेलाडी, २२ सय बढी अफिसियल, निर्णायक मण्डल सहभागि हुने बताइएको छ । नेपालबाट विभिन्न विधाका ५६० खेलाडीले प्रतिनिधित्व गर्नेछन् । साग खेलकुदमा अफगानिस्तान भने सहभागी छैन ।

भारत र पाकिस्तानले क्रिकेट र फुटवलमा सहभागिता नजनाउने बताइसकेका छन् । उपत्यकाका बाहिर पनि सुरक्षा निकायको सम्वन्यमा जनशक्ति परिचालन हुनेछ । डीआईजी पोखरेलले खेलाडी बस्ने होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताए । डीआईजी पोखरेलले भने, ‘‘हामीसँग विदेशी उच्च पाहुनादेखि भीभीआईपीसम्मको सफल सुरक्षा परिचालन गरेको कयौं अनुभव छन् । हाम्रो देशका हुन लागेको ऐतिहासिक खेल प्रतियोगिता सुरक्षाका हिसाबले पूर्ण सफल बनाउँछौं । कुनै प्रकारको सुरक्षा अवरोध आउन दिदैनौं ।”

साग खेलकुदलाई नै मध्यनजर गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापन समेत बलियो बनाइएको छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीम ढकालका अनुसार नियमित जनशक्ति बाहेक साग अवधीमा ७ सय ट्राफिक प्रहरी सवारी र सडक सुरक्षा÷व्यवस्थापनमा परिचालन हुनेछन् । एसएसपी ढकालले भने, ‘‘खेलाडी जाने रुट, बस्ने होटलदेखि खेलमैदान वरपरको सवारी व्यवस्थापनका लागि योजना बनाएका छौं । यसबाहके आम नागरिकलाई पनि सहयोग गर्न आग्रह गर्छौ ।’’ उपत्यकाको ट्राफिक व्यवस्थापनका एसएसपी ढकाल आफैँ सक्रिय हुनेछन् ।

सागको उद्घाटन काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले गर्नेछिन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार मंसिर १५ गते साँझ ३ घण्टा चल्ने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्नेछन् ।

सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो । यसअघि दोस्रो पटक नेपालले सन् १९९९ मा साग आयोजना गरेको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro