site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 पूर्जाविहीन र विपन्नलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर

चितवन । भरतपुरका पूर्जाविहीन र विपन्न नागरिकलाई लक्षित गर्दै एनएमबी बैंकको नारायणगढ शाखा र सेन्ट्रल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

शिविरमा २१३ जनाले सेवा लिएका छन । भरतपुर महानगरपालिका वडा नं. २ देवकोटा चोकमा आज बुधबार आयोजित शिविरमा १४२ जना महिला र ७१ पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । 

बैंकका नारायणगढ शाखा प्रबन्धक विष्णु पौडेलले शहर नजिकका पूर्जाविहीन र विपन्न नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको जानकारी दिए । उनका अनुसार संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्र्तगत यस क्षेत्रका स्थानीयलाई राहत पुगोस भन्ने हेतुले शिविरको आयोजना गरिएको हो । शिविरमा सेन्ट्रल हस्पिटलका हार्डजोर्नी रोग विशेषज्ञ डा. सुशील थापा र फिजिसियन डा. नवराज अधिकारीले स्वास्थ्य परीक्षण गरेका थिए  । 

स्थानीय ९७ वर्षीया पवित्रा देवकोटाको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा सेवाग्राहीलाई आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो । 

बिशेष गरी बैंकले देशका विभिन्न पुरातत्व संरचना निर्माणमा योगदान दिदै आएको छ । साथै बैंकले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनीय सहयोग पुर्याउंँदै आएको बताएको छ । यस बैंकको चितवनमा ७ वटा शाखा र देशभर १६३ वटा शाखा रहेका छन । यो बैकमा एफ एम ओ नेदरल्याण्ड सरकारको १७ प्रतिशत लगानी छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro