
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशको धनुषामा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना एवं प्रवर्द्धन गर्ने हेतुले ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले वृक्षरोपण गरेको हो ।
विश्व वातावरण दिवस, २०२५ का अवसर पारेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३, मणि मण्डपमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिकएको बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोग गरिसकेको छ ।
सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा कार्यालय, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।