
काठमाडौं । विश्व वातावरण दिवस, २०२५ का अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले वृक्षरोपण गरेको छ । कार्यक्रमअन्तर्गत छाया दिने, फूल फुल्ने र फलफूल दिने गरी २० बढी जातका ७०० भन्दा धेरै बिरुवा रोपिएको हो ।
हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वातावरणीय दिगोपनामा सकारात्मक योगदान पुर्याउने उद्देश्यले गरिएको यो कार्यले दीर्घकालीन वातावरणीय सन्तुलन कायम राख्ने विश्वास लिइएको छ ।
वृक्षरोपण कार्यक्रमको औपचारिक सुरुआत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणा, उपप्रमुख कार्यकारी अधिकृत सर्वेन्द्र मिश्र र विद्यालयका उपप्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरेका थिए । उनीहरूले गत वर्ष रोपिएका बिरुवाको निरीक्षण, सरसफाइ र संरक्षणमा सक्रिय भूमिका निर्वाह पनि गरेका बैंकले जनाएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रत्येक वर्ष वातावरण दिवसका अवसरमा हरित क्रियाकलाप गर्दै आएको छ । यो वर्ष वृक्षरोपणसँगै वातावरणप्रति सचेतना अभिवृद्धिका निम्ति संवाद कार्यक्रम, सरसफाइ अभियानजस्ता गतिविधि पनि सञ्चालन गरिएको थियो ।