site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकले गर्‍यो प्लास्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । बैंकले प्लास्टिक फोहोर संकलन गर्ने उद्देश्यले यो कार्यक्रम गरेको हो ।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित कार्यक्रमका दौरान करिब १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको थियो ।

Argakhachi Cement Island Ad

हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका निम्ति स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ । त्यसले दीर्घकालीन फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउने बैंकको विश्वास छ । संकलित उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवर्द्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ ।

विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर बृहत् वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा यो कार्यक्रम सञ्चालन गरेको हो ।

ग्लोबल आइएमई बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्