site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियताको विषयमा देश एक ढिक्का छ : अध्यक्ष प्रचण्ड 

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको विषयमा देश एक ढिक्का भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको बताउँदै उनले नेपाली भूमिलाई भारतले जबरजस्ती आफ्नो देशको नक्सामा राखेको बताएका हुन् । 

 भारतले नेपाललाई राष्ट्रिय चुनौती दिएकोसमेत उनले बताए । उनले भने, "हामीलाई भारतले जबरजस्ती रुपमा राष्ट्रिय चुनौती दिएको छ । यसलाई सबै मिलेर सकारात्मक रुपमा परिणत गर्न सक्नुपर्छ ।" 

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने आश्वासन दिए  । राजनीतिक विषयमा मतभेद रहेपनि सीमाको विषयमा सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ थियो  । 

 "अहिले सबै दल एक छन", उनले भने,  "बलियो कम्युनिष्ट पार्टी र बलियो सरकार रहेकाले भारतसँग नेपालको पक्षमा हुनेगरी सरकारले पहल गर्छ ।" प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि सरकारको सुर्वण अवसर रहेको बताए  । 

१८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्ने उनले  बताए । दाहालले भने,  “सुगौली सन्धीले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।”

अर्को एक प्रसंगमा उनले नेकपालाई कम्जोर वनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको भन्दै कम जोर हुन नदिने बताए ।  

“कम्युनिष्ट शक्तिलाई कमजोर वनाउन विदेशी शक्ति लाग्ने गर्दछन्," उनले भने,  "जसको प्रहार शीर्ष नेतृत्वबाटै हुने गरेको छ ।” दाहालले भोलि बस्ने पार्टीको बैठकले एकताका बाँकी काम पूरा गर्ने जानकारी दिए  । पार्टी एकताले ढिलै भए पनि पूर्णता पाएको उनको भनाइ थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro