site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपासँग कुरा मिलेन, माओवादी सकारात्मक
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ । नेपाली कांग्रेससँगको छलफलमा रास्वपाले छानबिन समितिको अडान यथावत् राखेको एक कांग्रेस नेताले जानकारी दिए ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) भने सकारात्मक देखिएको छ । "रास्वपासँग कुरा मिलेको छैन । माओवादी सकारात्मक छ," स्रोतले भन्यो ।

Argakhachi Cement Island Ad

कांग्रेसले अब माओवादीसँग छलफल गर्दै छ ।

आज प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ । विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक जेठ १५ गतेयता बस्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्